बीवाईडीको प्रिमियम ब्रान्डको पावरफुल इलेक्ट्रिक सुपरकार डेन्जा जेड
चीनमा सम्पन्न बेइजिङ अटो शो २०२६ मा बीवाईडी अन्तर्गतको प्रिमियम ब्रान्ड...
काठमाडौं–चिनियाँ ईभी जायन्ट बीवाईडीले जापानमा आफ्ना कारको बिक्री दोब्बरले बृद्धि गर्न सफल भएको छ । जापान अटोमोबाइल इम्पोर्टर्स एसोसिएसन(जेएआईए)द्वारा रिपोर्ट गरिएको पछिल्लो तथ्याङ्क अनुसार, बीवाईडीले मार्च २०२६ मा जापानमा ६२५ सवारी साधन बिक्री गरेको छ, जुन गत वर्षको सोही अवधीको तुलनामा ९१.१ प्रतिशत बढी हो ।
त्यसैगरी कार न्युज चाइनाका अनुसार, २०२६ को पहिलो त्रैमासिकमा जापानमा बीवाईडीको डेलिभरी १ हजार १४२ पुगेको छ, जुन गत वर्षको सोही अवधीको तुलनामा १०० प्रतिशत भन्दा बढीको वृद्धि हो ।
उल्लेखनीय वृद्धि हाँसिल गरेपनि बीवाईडी अझै पनि जापानी कार बजारमा एक सानो खेलाडीका रुपमा परिचित छ । त्यसो त जापानमा न्यू इनर्जी भेइकलको माग एकदमै न्यून भएका कारण पनि बीवाईडी लगायत ईभी ब्रान्डको बजार एकदमै सानो भएको हो ।
मार्च २०२६ मा जापानमा ४ लाख ७ हजार ५६४ कारहरू बिक्री भएकोमा न्यू इनर्जी कराको हिस्सा केवल ४.१५ प्रतिशतमा सिमित रहेको बताइएको छ । गत महिना जापानमा १६ हजार ९२४ युनिट ब्याट्री इलेक्ट्रिक कार र प्लग–इन हाइब्रिडहरू बिक्री भएका थिए, जसमा बीवाईडीको बजार हिस्सा ३.७ प्रतिशत मात्र थियो ।
बीवाईडीले हाल जापानमा सिलायन७, एट्टो३, डल्फिन र सिल गरी कुल चार मोडलका ब्याट्री इलेक्ट्रिक र अर्को एउटा प्लग–इन–हाइब्रिड मोडल सिलायन६ सहित कुल ५ मोडल बिक्री गर्दै आएको छ । साथै कम्पनीले जापानी बजारमा उच्च माग रहेको सिटी कार सेग्मेन्टलाई लक्षित गरी राको ईभी लन्च गर्ने तयारी गरिरहेको छ ।
चीनमा सम्पन्न बेइजिङ अटो शो २०२६ मा बीवाईडी अन्तर्गतको प्रिमियम ब्रान्ड...
विश्व प्रसिद्ध इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी बीवाईडीले बीवाईडी...
बीवाईडीले आफ्नो सबैभन्दा महंगो मोडल याङवाङ यू९ इलेक्ट्रिक सुपर कारलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...