प्रधानमन्त्री र मन्त्रीहरुका सवारी साधनमा ईभी धेरै, यस्तो छ सम्पूर्ण विवरण

हालै प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । सम्पत्ति विवरण सार्वजनिक भएसँगै धेरै कुराहरुको चर्चा समेत चलेको छ । यसै सन्दर्भमा उनीहरुले पहिले देखि नै प्रयोग गर्दै आएको सवारी साधनको वारेमा समेत चासो हुने नै भयो । प्रधानमन्त्री र मन्त्रीहरुले सार्वजनिक गरेको विवरणका आधारमा सवारी साधनको वारेमा जानकारी दिने प्रयास गरिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले सार्वजनिक गरेको सम्पत्ति विवरणमा अटोमोबाइल सम्बन्धी कुनै विवरण प्रस्तुत गरिएको छैन । यसको अर्थ उनीसँग कुनै सवारी साधन नभएको बुझ्न सकिन्छ । त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालसँग पनि कुनै सवारी साधन नभएको उल्लेख गरिएको छ ।

परराष्ट्र मन्त्री शिशिर खनालसँग ४० लाख मूल्यको चिनियाँ ईभी डोङफेङ भिगो छ । त्यसैगरी अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ९४ लाख मूल्यको सुबारु एक्सभी छ । उनले अन्तर्राष्ट्रिय रोजगारी र मानार्थ अध्यक्ष रहेको आईआईडीएसको सहयोगमा सो गाडी खरिद गरेको बताएका छन् ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले २०६६ मा ८ लाख ७६ हजारमा खरिद गरेको टोयोटा ल्यान्डक्रुजर रहेको उल्लेख गरेका छन् । उनीसँग एमजी गाडी र स्कुटर समेत रहेको छ ।

गृहमन्त्री सुधन गुरुङसँग लगुना प्रिमियम अपार्टमेन्टको नाममा रहेको एमजी एस५ गाडी छ । यसको मूल्य ४७ लाख ९९ हजार रुपैयाँ भनिएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले २०८० मा २६ लाखमा किनेको र २०८१ मा ९५ लाखमा किनेको गाडी छ । उनको विवरणमा ब्रान्ड उल्लेख गरिएको छैन । त्यसैगरी उनीसँग स्कुटर समेत रहेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग पल्सर मोटरसाइकल र स्कुटर रहेको छ । मोटरसाइकल उनको श्रीमानको नाममा रहेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलसँग एमजी एस५ छ । २०८२ जेठ महिनामा ा श्रीमानको आयमार्फत सो गाडी ४४ लाखमा किनिएको उल्लेख गरिएको छ ।

स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहतासँग २५ लाखमा किनिएको हुन्डाई ग्रान्ड आई१० गाडी छ । यसमा पनि श्रीमान र आफ्नो तलब र ऋण उपयोग गरिएको बताइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग रमेश कुमार पोखरेलको नाममा रहेको ४० लाखको किया निरो र ३९ लाख ६५ हजारको बीवाईडी डल्फिन छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलसँग दाई पशुपति पौडेलको नाममा रहेको ३५ लाख मूल्यको जिप र २ लाखको दुईवटा स्कुटर रहेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनासँग २३ लाख पर्ने कार छ । उनले स्वदेश वा विदेशमा काम गरेर कमाएको रकमबाट खरिद गरेको बताएका छन् ।

कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्री गीता चौधरीसँग ३ लाख ३० हजारको स्कुटर रहेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवसँग हुन्डाई कोना ईभी रहेको छ । ५७ लाख मूल्यको सो गाडी कार्तिका यादवको नाममा रहेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवसँग २०७३ मा २ लाख ७० हजारमा खरिद गरेको यामाहा मोटरसाइकल रहेको छ ।

यसरी हेर्दा धेरै मन्त्रीहरुसँग इलेक्ट्रिक गाडी अर्थात ईभी रहेको पाइएको छ । पछिल्लो समयमा नेपालमा ईभीको क्रेज बढ्दो छ । एमजी, किया, हुन्डाई, बीवाईडी, डोङफेङ लगायतका ईभी ब्रान्ड मन्त्रीहरुसँग रहेका छन् ।

प्रधानमन्त्री र मन्त्रीहरुको सवारी साधनका साथै अन्य सम्पत्ति विवरण यहाँ हेर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

दिपलको पर्फेक्ट एसयूभी दिपल एस०५ ले यो वर्षको युरो एनक्याप टेस्टमा...

अब हायर पर्चेज कम्पनीले पनि ईभीका लागि ६० प्रतिशत मात्र कर्जा दिने, ईभी व्यवसायमा अर्को झड्का

अब हायर पर्चेज कम्पनीले पनि ईभीका लागि ६० प्रतिशत मात्र कर्जा दिने, ईभी व्यवसायमा अर्को झड्का

काठमाडौं – विद्युतीय सवारी साधनमा लागू भएको लोन टु भ्यालु रेसियाेकाे...

प्रोटोन ईमासको एक्सचेन्ज अफर सोमबारसम्म, के–के छन् आकर्षण

प्रोटोन ईमासको एक्सचेन्ज अफर सोमबारसम्म, के–के छन् आकर्षण

काठमाडौं– जगदम्बा मोटर्स प्रालि अन्तर्गत सञ्चालन हुने विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...