बीवाईडी एट्टो २ र सिलायन ७ को मूल्य बढ्यो, अब कति ?
काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली...
बीवाईडीको चर्चित विद्युतीय एसयूभी एट्टो३ अव फ्ल्यास चार्जिङ सुबिधासहित उपलब्ध हुने भएको छ । चिनियाँ बजारमा औपचारिक लन्च हुने तयारीमा रहेको नयाँ एट्टो३ मा नयाँ प्रबिधीको चार्जिङ सुबिधा र बढि रेन्ज पाइने एमआईआईटीले खुलासा गरेको हो ।
प्रकाशित जानकारी अनुसार, नयाँ मोडेल ५७.५४ किलोवाट आजर र ६८.५४ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध हुनेछ, जसले क्रमशः ५४० किलोमिटर र ६३० किलोमिटरको सीएलटीसी रेन्ज प्रदान गर्दछ ।
नयाँ एट्टो३ मा पूर्ण रूपमा नयाँ रियर–ह्वील–ड्राइभ प्योर इलेक्ट्रिक प्लेटफर्म, दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्रविधि र उन्नत फ्ल्यास चार्जिङ क्षमता उपलब्ध हुने उल्लेख गरिएको छ
बीवाईडीको डाइनस्टि फेमिली डिजाइन ल्यांग्वेजमा आधारित सो नयाँ एसयूभीको फ्रन्ट फेसियामा पातलो, कालो हेडलाइटले घेरिएको सिल्भर ग्रिल प्यानल रहने उल्लेख गरिएको छ । नयाँ एट्टो३ हालको मोडल भन्दा केही ठूलो समेत हुनेछ ।
नयाँ एट्टो३ मा पछाडि माउन्ट गरिएको सिंगल मोटर जडान गरिनेछ, जुन २०० किलोवाट र २४० किलोवाट मोटर क्षमतामा उपलब्ध हुनेछ । दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्रविधिले प्रभावशाली चार्जिङ कार्यसम्पादन सक्षम बनाउने दाबी गरिएको छ भने फ्ल्यास चार्जिङ प्रविधिको प्रयोग गरी कारलाई केवल ५ मिनेटमै १० देखि ७० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । त्यसैगरी, केवल ९ मिनेटमा १० देखि ९७ प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली...
बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा...
कमर्सियल सवारी साधनका लागि आवश्यक लिथियम आइरन फस्फेट (एलएफपी) ब्लेड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...