नाडा अटो शो २०२५ मा लन्च भएको बीवाईडी एट्टो २ मा के छन् फिचर र अफर ? विस्तृत जानकारी
काठमाडौं – नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक...
कठमाडौं–विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर’ क्याम्पेन ल्याएको छ । यस क्याम्पेन मार्फत प्रयोगकर्ताले इनड्राइभ एपमार्फत राइड बुक गर्दा आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् ।
नयाँ वर्षको समयमा परिवार र साथीभाइसँग भेटघाट गर्न धेरै मानिसहरू यात्रा गर्ने भएकाले, इनड्राइभले हरेक यात्रालाई अझ रमाइलो र लाभदायक बनाउने उद्देश्यले यो क्याम्पेन ल्याएको हो । यो क्याम्पेन २०२६ अप्रिल १४ देखि मे ४ सम्म सञ्चालन हुनेछ ।
यस क्याम्पेनको मुख्य विशेषताका रुपमा हरेक राइडमा एउटा लक्कि ड्र टिकट पाइनेछ । त्यसैगरी मेगा गिभअवेमा सहभागी हुन राइड सकिएपछि प्रयोगकर्ताले खल्ती एपमार्फत प्रयोगकर्ता खल्तीबाट ड्राइभर खल्तीमा कम्तीमा २ वटा कारोबार गर्नुपर्नेछ ।
यस क्याम्पेनका १० जना विजेताले अनर एक्स ७ डि स्मार्टफोन (मेगा गिभ अवे) प्राप्त गर्नेछन् भने प्रोमो कोड पुरस्कारमा १ हजार जनालाई १५ प्रतिशत क्यासब्याक (अधिकतम रु ५०), १ हजार जनालाई २०० क्यासब्याक सहित एयरलाइन प्रोमो कोड र १०० जनालाई खल्ती प्रो मा अपग्रेड गरिने जनाइएको छ ।
यो क्याम्पेन नेपालभरिका सबै प्रयोगकर्ताका लागि खुला रहेको र सहभागी हुन क्याम्पेन अवधिभर इनड्राइभ एपमार्फत राइड बुक गरे पुग्ने बताइएको छ । लक्की–ड्र हरेक हप्ता हुनेछ र विजेताहरू इनड्राइभका आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजमार्फत सार्वजनिक गरिने जनाइएको छ ।
काठमाडौं – नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक...
रेलवे मर्मतका लागि कामदारहरु लामो दुरी हिडेरै जानुपर्ने बाध्यतालाई...
चाङ्गानले थाइल्याण्डमा आफ्नो पहिलो कार प्लान्टको शिलान्यास गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...