प्यासेन्जर कारको आयत साउन १ देखी खुल्ने उद्योग मन्त्री बडुको व्यवसायीलाई आश्वसन
हाल वन्द अबस्थामा रहेको प्यासेन्जर कारको आयत साउन १ गतेदेखी खुल्ने नेपाल...
काठमाडौं–लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले नयाँ अफर ‘लिप केयर’ सार्वजनिक गरेको छ । ‘आत्मविश्वासका साथ अघि बढ्नुहोस्’ भन्ने नाराका साथ ल्याइएको यस योजनाले लामो अवधिको ब्याट्री वारेन्टी र बजारकै सबैभन्दा उत्कृष्ट फाइनान्सिङ सुविधाहरूलाई एकै ठाउँमा समेटेको छ ।
विद्युतीय सवारीसाधन खरिदकर्ताहरूलाई थप ढुक्क बनाउन ल्याइएको यस कार्यक्रमको मुख्य विशेषताका रुपमा ११ वर्षको नयाँ एक्स्टेन्डेड ब्याट्री वारेन्टी रहेको छ । यो अटोमोबाइल उद्योगकै सबैभन्दा लामो अवधिको वारेन्टी रहेको कम्पनीले दाबी गरेको छ ।
यस योजनालाई लिपमोटरको प्रविधिको विश्वसनीयता प्रमाणित गर्न र ब्याट्रीको आयु सम्बन्धी ग्राहकका चिन्ताहरू हटाउन विशेष रूपमा तयार पारिएको कम्पनीको भनाई छ । । ईभिको सबैभन्दा महत्त्वपूर्ण भागलाई एक दशक भन्दा बढी समयसम्म सुरक्षित गरेर लिपमोटरले आफ्ना ग्राहकहरूलाई कुनैपनि अनपेक्षित खर्चको चिन्ता नगरी वर्षौंसम्म ढुक्क भएर सवारी चलाउन सक्ने सुनिश्चितता प्रदान गरेको बताइएको छ ।
प्राविधिक सुरक्षाका साथै, ‘लिपकेयर’ले विद्युतीय कारको स्वामित्व ग्रहण गर्न अझ सहज बनाएको छ । कम्पनीले अब १५ प्रतिशतको न्यूनतम डाउनपेमेन्ट सुविधा अफर गरेको छ । यससँगै बजारकै सबैभन्दा न्युन ५.९६ प्रतिशतको आकर्षक ब्याजदरले खरिदकर्ताहरूको मासिक खर्च उल्लेख्य रूपमा कम गर्ने विश्वास लिइएको छ । साथै, यस योजनाले दिगो सवारी साधनमा स्विच गर्न पहिलेभन्दा अझ बढी पहुँचयोग्य बनाएको छ ।
यो नयाँ अफर नेपालभरका सबै आधिकारिक लिपमोटर शोरूमहरूमा उपलब्ध हुने कम्पनीको भनाई छ । कम्पनीका अनुसार, यस कार्यक्रमले उच्च गुणस्तरका र इन्टेलिजेन्ट विद्युतीय सवारीसाधन उपलब्ध गराउने तथा दीर्घकालीन भ्यालु र ग्राहक सेवामा केन्द्रित रहने ब्रान्डको प्रतिबद्धतालाई पुष्टि गरेको छ ।
हाल वन्द अबस्थामा रहेको प्यासेन्जर कारको आयत साउन १ गतेदेखी खुल्ने नेपाल...
चितवन – नेपालका लागि फोटोन ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि...
विद्युत प्राधिकरणले अहिले धमाधम नयाँ इलेक्ट्रिक मोटरसाइकल र गाडी खरिद...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...