बन्द भएको ४ वर्षपछि अपग्रेड भएर आयो पल्सर १८०

बजाजले आफ्नो चर्चित मोडल पल्सर १८० लाई पुनः बजारमा उतारेको छ । बन्द भएको ४ वर्षपछि कम्पनीले फिचर अपग्रेड गरेर यसको नयाँ भर्सन लन्च गरेको हो ।

क्लासिक पल्सर डिजाइनमा आधातिर यस मोटरसाइकलमा बजाजले मस्कुलर फ्युल ट्यांक, स्पोर्टी हेडल्याम्प काउल, चिन फेयरिङ र सिंगल–पीस सिट उपलब्ध गराएको छ । यो एलईडी हेडल्याम्प र एलसीडी इन्स्ट्रयुमेन्ट कन्सोलले सुसज्जित छ ।

बाइकमा जडान गरिएको १७८.६ सीसी, सिंगल–सिलिन्डर, एयर–कुल्ड इन्जिनले ८,५०० आरपीएममा १७ बीएचपी र ६,५०० आरपीएममा १५ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिन ५–स्पीड गियरबक्समा जोडिएको छ ।

पल्सर १८० अगाडि टेलिस्कोपिक फोर्क र पछाडि डुअल शक एब्जर्बर राखिएको छ । १७ इन्चको अलोय ह्विल दिइएको यस मोटरसाइकलको अगाडि २८० एमएम रोटर र पछाडि २३० एमएम रोटर सहितको डिस्क ब्रेक राखिएका छन् ।

नयाँ पल्सर १८० को मूल्य १ लाख २२ हजार भारु निर्धारण गरिएको छ । यो मोटरसाइकल अबको केही समयपछि नेपाली बजारमा समेत उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

बजाजले दर्ता ग-यो डार्कस्टार ब्रान्ड नेम : आउला पल्सरमा आधारित एड्भेन्चर बाइक ?

बजाजले दर्ता ग-यो डार्कस्टार ब्रान्ड नेम : आउला पल्सरमा आधारित एड्भेन्चर बाइक ?

भारतीय दुई पांग्रे सवारी साधन निर्माता कम्पनी बजाजले हालै ‘डार्कस्टार’...

पल्सर एनएस २०० को फिचरमा कटौती, मूल्य पनि सस्तो हुने

पल्सर एनएस २०० को फिचरमा कटौती, मूल्य पनि सस्तो हुने

बजाजले आफ्नो लोकप्रिय मोडल पल्सर एनएस २०० को सस्तो भेरिएन्ट लन्च गर्ने...

बजाज चेतकको नयाँ भेरिएन्ट आउँदै, मूल्य सस्तो हुने

बजाज चेतकको नयाँ भेरिएन्ट आउँदै, मूल्य सस्तो हुने

बजाज अटोले चेतकको सस्तो भेरिएन्ट लन्च गर्ने योजना बनाएको छ । बाजजले हाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...