नयाँ वर्ष विशेष छुटसहित केई एक्सचेन्ज क्याम्प हुँदै, के–के छन् आकर्षण ?

काठमाडौं–चिनियाँ अटोमोबाइल ब्राण्ड केईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले नयाँ वर्ष २०८३ को उपलक्ष्यमा देशव्यापी ‘एक्सचेञ्ज क्याम्प’ सञ्चालन गर्ने घोषणा गरेका छन् ।

क्याम्प केईको देशभरका आधिकारिक शोरुमहरुमा आगामी शुक्रबार देखी आइतबारसम्म (चैत २७ देखि २९ गते) चल्ने जनाइएको छ ।

एक्सचेन्ज क्याम्पमा सहभागी हुने ग्राहकका लागि कम्पनीले नयाँ वर्ष विशेष नगद फाइदा र आकर्षक एक्सचेन्ज बोनस, पुराना सवारीको उत्कृष्ट मूल्याङ्कन, सजिलो फाइनान्सिङ र अटो बीमा सुविधा तथा ७ किलोवाट अर्थात तीन किलोवाट चार्जरको विकल्पलगायत सुविधा उपलब्ध गराएको छ ।

साथै, प्रत्येक गाडी बुकिङमा जोडीका लागि धुलिखेलस्थित दुसित थानी रिसोर्टमा एक रातको निःशुल्क प्याकेजको विशेष अफर पनि कम्पनीले घोषणा गरेको छ ।

काठमाडौंको हकमा यो कार्यक्रम थापाथलीस्थित केई शोरूम नजिकै बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने छ । कार्यक्रमलाई रोचक बनाउन त्यहाँ लाइभ फुड स्टलहरू र विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू समेत आयोजना गरिने कम्पनीले जनाएको छ ।

कार्यक्रममा ग्राहकहरूले केईका लोकप्रिय मोडलहरू केई ई–क्यूट ०२, ई–क्यूट ०४ र एक्स३ प्रो ईभी अवलोकन र टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

सम्बन्धित समाचारहरू

ईभी पिकअप रिडारामा ८० प्रतिशत सम्म फाइनान्स, एक्सचेन्जमा ३ लाखसम्मकाे टप-अप लाभ

ईभी पिकअप रिडारामा ८० प्रतिशत सम्म फाइनान्स, एक्सचेन्जमा ३ लाखसम्मकाे टप-अप लाभ

काठमाडौं – नेपालकै नम्बर १ ईभी पिकअप ब्रान्ड दाबी गरिएको रिडाराले...

सेरेस ग्रुपको सुपर फ्याक्ट्रीमा सीएटीएलको ब्याट्री प्रोडक्सन लाइन

सेरेस ग्रुपको सुपर फ्याक्ट्रीमा सीएटीएलको ब्याट्री प्रोडक्सन लाइन

ईभी ब्याट्री निर्माता कम्पनीको रुपमा लोकप्रिय कम्पनी सीएटीएल अर्थात...

डोङफेङको अफरोड ब्रान्ड एमहिरो सार्वजनिक, लन्च भयो एमहिरो आई

डोङफेङको अफरोड ब्रान्ड एमहिरो सार्वजनिक, लन्च भयो एमहिरो आई

डोङफेङ मोटरले लक्जरी अफरोड ब्रान्डको रुपमा एमहिरो सार्वजनिक गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...