मारुती ई–भिटाराले सेफ्टी परीक्षणमा देखायो मजबुत प्रदर्शन, भारतमा ५ स्टार तर अष्ट्रेलियामा ४ स्टार

भारतमा निर्माण भएर विश्व बजारमा बिक्रीका लागि प्रस्तुत गरिएको सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी ई–भिटाराले सेफ्टी परीक्षणमा प्रभावशाली प्रदर्शन गरेको छ। हालै अष्ट्रेलियाको नयाँ कार मूल्याङ्कन कार्यक्रम अन्तर्गत गरिएको क्र्यास परीक्षणमा यस गाडीले ४ स्टार सेफ्टी मूल्याङ्कन प्राप्त गरेको हो। यद्यपि ५ स्टार प्राप्त गर्न केही अंकले मात्रै पछाडि परेको भए पनि, समग्र रूपमा यो गाडीलाई सुरक्षित र भरपर्दो इलेक्ट्रिक एसयूभीका रूपमा मूल्याङ्कन गरिएको छ।

सुरक्षाका हिसाबले ई–भिटारा आधुनिक प्रविधिले भरिपूर्ण देखिन्छ। नोभेम्बर २०२५ पछि उत्पादन गरिएका मोडलमा यात्रु सुरक्षालाई प्राथमिकता दिँदै ड्युअल फ्रन्ट एयरब्याग, साइड चेस्ट तथा टाउको जोगाउने एयरब्याग, साथै चालकका लागि घुँडा एयरब्याग समेत उपलब्ध छ । यसका अतिरिक्त, दुर्घटना रोकथामका लागि अटोमेटिक इमर्जेन्सी ब्रेक सिस्टम, लेन सपोर्ट सिस्टम तथा स्पिड साइन पहिचान गर्ने सुविधा जस्ता प्रविधि पनि समावेश गरिएको छ।

भारतीय बजारका लागि भने ई–भिटाराले अझ उत्कृष्ट प्रदर्शन गरेको छ। भारतमा सो गाडीले सेफ्टी परीक्षण कार्यक्रममा  पूर्ण ५ स्टार सेफ्टी मूल्याङ्कन हासिल गरेको छ। यही कारणले पनि सो गाडीलाई भारतीय उपभोक्ताले विशेष रुचि देखाएका छन् । साथै, ब्याट्री एज अ सर्भिससहितको विकल्पले यसलाई अझ सहज र व्यावहारिक बनाएको छ।

नयाँ ई–भिटारा दुई फरक ब्याट्री विकल्पमा उपलब्ध छ। पहिलो विकल्प ४९ किलोवाट आवर ब्याट्रीसहितको हो, जसले १४४ हर्स पावर र १८९ एनएमको टर्क उत्पादन गर्छ। सो भेरिएन्टले पूर्ण चार्जमा करिब ४४० किलोमिटर दूरी पार गर्न सक्छ। अर्को विकल्पमा ६१ किलोवाट आवरको ठूलो ब्याट्री प्याक उपलब्ध छ, जसले १७४ हर्स पावर उत्पादन गर्छ र समान टर्क प्रदान गर्छ । सो भेरिएन्टले एकपटक चार्जमा ५४३ किलोमिटरसम्मको दूरी पार गर्न सक्ने क्षमता राख्छ।

सम्बन्धित समाचारहरू

यस्तो छ टाटा कर्भ इभी कन्सेप्टबारे जान्नै पर्ने ५ भिन्न पक्ष

यस्तो छ टाटा कर्भ इभी कन्सेप्टबारे जान्नै पर्ने ५ भिन्न पक्ष

नेक्सन र टिगोरलाई इभी भर्सनमा उतारेर लोकप्रिय बनिरहेको टाटा मोटर्सले केही...

चिनियाँ ईभीको अमेरिका प्रवेश समाप्त हुँदै, ४ गुणा कर बृद्धि गर्ने तयारी

चिनियाँ ईभीको अमेरिका प्रवेश समाप्त हुँदै, ४ गुणा कर बृद्धि गर्ने तयारी

अमेरिकाले चिनियाँ ईभीमा ४ गुणा कर बृद्धि गर्ने तयारी गरेको छ । सस्ता...

उच्च हिमाली भू-भागमा सार्वजनिक हुँदै इलेक्ट्रिक फोरह्विल ‘म्याक्सस ईटेराेन पिकअप’

उच्च हिमाली भू-भागमा सार्वजनिक हुँदै इलेक्ट्रिक फोरह्विल ‘म्याक्सस ईटेराेन पिकअप’

काठमाडौं – नेपालमा भित्रिएको लक्जरी इलेक्ट्रिक फोरह्विल ‘म्याक्सस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...