नाइमाको पहिलो वार्षिक साधारण सभा सम्पन्न, आगामी मोबिलिटी एक्सपो श्रावण २६ देखि ३१ सम्म हुने
काठमाडौँ- नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...
काठमाडौं–नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा’ की अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग बधाई तथा शिष्टाचार भेटघाट गरेको छ । उक्त भेटघाटका क्रममा नाइमाले अटोमोबाइल तथा गतिशीलता क्षेत्रसँग सम्बन्धित नीतिगत सुझावहरू प्रस्तुत गरेको छ ।
नाइमाले स्थिर, पूर्वानुमानयोग्य तथा सरोकारवालासँगको परामर्शमा आधारित नीतिगत वातावरण आवश्यक रहेको उल्लेख गर्दै यस क्षेत्रलाई विलासिता होइन, आवश्यक क्षेत्रका रूपमा मान्यता दिनुपर्नेमा जोड दिएको छ ।
साथै, कर संरचनालाई सहज र सन्तुलित बनाउने तथा लोन–टु–भ्यालू रेसियोलाई ८०–२० बनाएर वित्तीय पहुँच सहज बनाउन माग गरिएको छ ।
नाइमा अनुसार, आर्थिक ऐनअनुसार भन्सार क्लियरन्स भइसकेपछि पनि अडिट तहमा फरक व्याख्याका आधारमा बेरुजु उठ्ने प्रवृत्तिले व्यवसायिक वातावरणमा अन्योल र अनिश्चितता सिर्जना गरेको उल्लेख गरिएको छ । विद्युतीय तथा हाइब्रिड सवारी साधनहरूको स्पष्ट वर्गीकरण तथा सबै प्रविधिमा समान कर व्यवहार सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
नाइमाले भन्सार प्रक्रिया सहजीकरण, परीक्षण सुविधा, यातायात ऐनको पुनरावलोकन, डिजिटल एकीकरण, सडक सुरक्षा तथा प्रदूषण नियन्त्रणका विषयमा सुझाव दिएको छ । साथै, ‘मेक इन नेपाल’ अन्तर्गत एसेम्बलिङ उद्योग प्रवद्र्धन र दीर्घकालीन नीतिगत स्थिरतामा जोड दिएको छ ।
भेटघाटमा अर्थमन्त्री वाग्लेले प्रस्तुत सुझावहरूलाई अत्यन्त सान्दर्भिक रहेको बताउँदै, देशका आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट एकीकृत रूपमा यस्ता सुझावहरू प्रस्तुत गरेकोमा नाइमालाई धन्यवाद व्यक्त गरे । साथै, नाइमाद्वारा प्रस्तुत सुझावहरूलाई आगामी नीति तथा कार्यक्रम र बजेटमा यथासम्भव समेट्ने पनि बताए ।
यसै क्रममा नाइमाको प्रतिनिधिमण्डलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालसँग पनि बधाई तथा शिष्टाचार भेटघाट गर्दै समसामयिक विषयहरूमा गहन छलफल गरेको छ ।
मन्त्री लम्सालले यस क्षेत्रबाट उठ्ने कर राजस्वको निश्चित अंश पुनः यही क्षेत्रको विकासमा लगानी गर्ने नीतिगत व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताए ।
काठमाडौँ- नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसाेसिएसन...
काठमाडौं–नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...