ईभी उत्पादनको केन्द्र बन्दै इन्डोनेसिया, ब्याट्री प्लान्टमा चीनको ठूलो लगानी
इन्डोनेसियालाई ईभी उत्पादनको केन्द्र बनाउने उद्देश्यका साथ चिनियाँ...
काठमाडौं – चर्चित विद्युतीय एसयूभी आईकार भी२३ को मूल्य बढेको छ । चेरीको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले आईकार भी२३ को मूल्य १ लाख रुपैयाँ बृद्धि गरेको हो । यससंगै भी२३ को मूल्य ५० लाख ९९ हजार रुपैयाँ पुगेको छ ।
गत भदौमा लन्च भएयता कम्पनीले यस एसयूभीको मूल्य दोस्रो पटक बृद्धि गरेको हो । ४७ लाख ९९ हजार मूल्य निर्धारण गरेर लन्च गरिएको यस एसयूभीको मूल्य पहिलोपटक २ लाख र अहिले १ लाख गरी कुल ३ लाख बृद्धि भइसकेको छ ।
आधुनिक प्रविधि, रेट्रो डिजाइन र हल्का अफरोड क्षमताको संयोजनका साथ नेपाल भित्रिएको आईकार भी२३ पछिल्लो समय ईभी पारखीमाझ निकै लोकिप्रय बनिरहेको छ ।
नेपाली बजारमा आईकार भी२३ रियर–ह्विल ड्राइभ कन्फिगरेसनमा उपलब्ध रहेको छ । यसमा जडान गरिएको सिंगल इलेक्ट्रिक मोटरले १०० किलोवाटको शक्ति र १८० एनएम टर्क उत्पादन गर्छ । यो सेटअप दैनिक प्रयोगका साथै हल्का अफरोड ड्राइभिङका लागि सन्तुलित मानिएको छ ।
भी२३ मा सीएटीएलको ५९.९३ किलोवाट आवर लिथियम आयरन फस्फेट (एलएफपी) ब्याट्री रहेको छ, जसले सिंगल चार्जमा ४०१ किलोमिटर रेन्ज प्रदान गर्छ । साथै, यो एसयूभीले ८५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्ने भएकाले लामो यात्राका क्रममा चार्जिङ समय पनि कम हुने जनाइएको छ । यसले ३६ मिनेटमै २० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।
आईकार भी२३ ले रेट्रो र आधुनिक शैलीको संयोजन प्रस्तुत गर्छ। बाक्लो र बक्सी प्रोफाइल, गोलाकार एलईडी हेडलाइट, क्ल्यामशेल–स्टाइल हुडले यसको फ्रन्ट लुकलाई आकर्षक बनाएको छ । फ्लेयर्ड ह्विल आर्च, हिडन डोर ह्यान्डल र आल्मुनियम अलोय साइड स्टेपले यसको रग्ड अपिललाई थप बलियो बनाउँछ। पछाडितर्फ साइड–ओपनिङ टेलगेटसँगै बाहिरी स्टोरेज बक्स – ‘ब्याकप्याक’ – दिइएको छ, जसले व्यावहारिकता र भिजुअल पहिचान दुवै बढाएको छ ।
आईकार भी२३ को इन्टेरियरमा १५.४ इन्चको ठूलो सेन्ट्रल टचस्क्रिन दिइएको छ, जुन क्वालकम स्न्यापड्रागन ८१५५ प्रोसेसरबाट सञ्चालन हुन्छ । क्याबिनमा दुई पंक्तिय २+२ सिटिङ लेआउटमा डिजाइन गरिएको छ । दोस्रो पंक्तिका सिट फोल्ड गर्दा ७४४ लिटरको लगेज स्पेस उपलब्ध हुने भएकाले यात्रु तथा सामान बोक्ने दुवै प्रयोजनमा यो एसयूभी उपयुक्त देखिन्छ ।
इन्डोनेसियालाई ईभी उत्पादनको केन्द्र बनाउने उद्देश्यका साथ चिनियाँ...
हाल विद्युतीय मोटरसाइकल ‘यात्री’ चर्चामा छ । नेपाली युवाहरुको समूहले...
धेरै प्रतिष्ठित बाइक निर्माता कम्पनीहरु इलेक्ट्रिक स्कुटर उत्पादनमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...