डिजेल र पेट्रोल गाडीलाई विद्युतीयमा बदल्न बाटो खुला : साताको दुई दिन बिदा

काठमाडौँ - पेट्रोलियम पदार्थको बढ्दो आयात र वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न सरकारले पुराना डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न पाउने नीतिगत निर्णय गरेको छ। 

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो रूपान्तरणका लागि आवश्यक पर्ने कानुनी गाँठो फुकाउन र उचित प्रबन्ध मिलाउन सम्बद्ध निकायलाई निर्देशन दिने निर्णय गरेको हो।

नेपाल सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकले वातावरण संरक्षण र इन्धन खपत कम गर्ने उद्देश्यले यो निर्णय गरेको बताए। हाल पुराना इन्धनयुक्त सवारी साधनलाई विद्युतीयमा परिवर्तन गर्दा दर्ता, नवीकरण र प्राविधिक मापदण्डका विषयमा स्पष्ट कानुनी व्यवस्था नहुँदा सवारी धनीहरूले समस्या भोग्दै आएका थिए। 

सरकारको यो निर्णयसँगै अब पुराना गाडीलाई कवाडीमा फाल्नुको साटो कम खर्चमा वातावरणमैत्री बनाउन सकिनेछ।

नेपाल सरकारले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा साताको दुई दिन बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण यस्तो निर्णय गरेको हो। सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार आगामी चैत २३ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको हो । बिदाको दिन थपिएसँगै कार्यालय समयमा पनि परिमार्जन गरिएको छ।

अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । तर शैक्षिक संस्थाहरूको हकमा भने यो समय लागू हुने छैन।

सम्बन्धित समाचारहरू

लुम्बिनीमा अलपत्र छन् अनुदानका विद्युतीय सवारी

लुम्बिनीमा अलपत्र छन् अनुदानका विद्युतीय सवारी

बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय...

आयात रोकिँदा फेस्टिभल सिजन प्रभावित हुन सक्ने, आयात नरोकिदा पनि इलेक्ट्रिक कार पाउनै सकस

आयात रोकिँदा फेस्टिभल सिजन प्रभावित हुन सक्ने, आयात नरोकिदा पनि इलेक्ट्रिक कार पाउनै सकस

इलेक्ट्रिक बाहेक अन्य सबै प्रकारका गाडीको आयात असार मसान्तसम्मका लागि...

डोङफेङ नामीको अन्तर्राष्ट्रिय सफलताः ४० भन्दा बढी देशमा १२ हजार भन्दा बढी सवारी निर्यात

डोङफेङ नामीको अन्तर्राष्ट्रिय सफलताः ४० भन्दा बढी देशमा १२ हजार भन्दा बढी सवारी निर्यात

जुनफेङ कम्पनीका अनुसार, डोङफेङ नामीले उत्पादन गरेको विद्युतीय सवारी मोडल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...