नेपालमा जिली ईएक्स५ ईभीको मूल्यमा परिमार्जन, कति पुग्यो ?

काठमाडौं - नेपालमा जिली ईएक्स५ ईभीको आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्सले आफ्नो लोकप्रिय पूर्ण विद्युतीय मिड-साइज एसयूभीहरूको मूल्यमा परिमार्जन गरिएको औपचारिक घोषणा गरेको छ।

परिमार्जित मूल्य आजदेखि लागू भएको छ र काठमाडौं, नारायणगढ, विराटनगर, बुटवल तथा नेपालगञ्ज लगायत देशभरका सबै शोरूममार्फत जिली ईएक्स५ खरिद गर्दा लागू हुनेछ।

नयाँ मूल्य संरचना अनुसार, जिली ईएक्स५ म्याक्सको मूल्य अघिल्लो ६८ लाखबाट वृद्धि भई अब  ६९ लाख ९९ हजार  कायम गरिएको छ भने जिली ईएक्स५ प्रोको मूल्य अघिल्लो र५८ लाखबाट बढाएर  ५९ लाख ९९ हजार निर्धारण गरिएको छ।

कम्पनीका अनुसार अमेरिकी डलरको विनिमय दरमा भएको निरन्तर वृद्धि तथा आयात लागतमा परेको प्रभावका कारण मूल्य समायोजन गर्नुपर्ने अवस्था सिर्जना भएको हो।

मूल्य परिमार्जन भए पनि एलआरआर मोटर्सले आफ्नो जारी नववर्ष बिक्री योजना यथावत् रहेको जानकारी दिएको छ। जिली ईएक्स५ खरिद गर्ने ग्राहकहरूले थाइल्याण्ड भ्रमणसहित स्मार्ट कफी मेसिन, एडाप्टेबल चार्जर, आकर्षक नगद छुट तथा सहज वित्तीय सुविधा लगायतका आकर्षक उपहार तथा अफरहरू प्राप्त गर्न सक्नेछन्, जसले प्रिमियम विद्युतीय सवारीमा लगानी गर्ने उपयुक्त अवसर प्रदान गर्दछ।

"जिली ईएक्स५ ले नेपालभरका ग्राहकहरूबाट अत्यन्त उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ, जसले विद्युतीय सवारीप्रति बढ्दो विश्वासलाई प्रतिबिम्बित गर्दछ। मुद्रा विनिमय दरमा भएको उतारचढावजस्ता बाह्य आर्थिक कारणले मूल्य परिमार्जन आवश्यक भएको हो, तर हामी ग्राहकलाई उत्कृष्ट मूल्य प्रदान गर्न प्रतिबद्ध छौं।" मूल्यमा परिमार्जनबारे एलआरआर मोटर्सका सेल्स हेड अधिर श्रेष्ठले भने, "थाइल्याण्ड भ्रमणसहितको हाम्रो नववर्ष अफरले ग्राहकहरूलाई प्रिमियम ईभी अनुभवसँगै निरन्तर विशेष लाभहरू प्रदान गर्ने सुनिश्चित गर्दछ।"

एलआरआर मोटर्सले उन्नत प्रविधि, उत्कृष्ट कार्यसम्पादन तथा ग्राहककेन्द्रित सेवामार्फत नेपालमा तीव्र गतिमा विकास भइरहेको विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति अझ सुदृढ गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित समाचारहरू

दशैंका लागि सुपर सोको टिएस स्ट्रिट हन्टरको वुकिङ खुल्ला, मूल्य ४ लाख ८० हजारसम्म

दशैंका लागि सुपर सोको टिएस स्ट्रिट हन्टरको वुकिङ खुल्ला, मूल्य ४ लाख ८० हजारसम्म

इलेक्ट्रिक टु ह्विलर सुपर सोको व्रान्डको नेपालका लागि आधिकारिक वितरक डि...

इलेक्ट्रिक स्कुटरमा अफर : ५० हजार छुट

इलेक्ट्रिक स्कुटरमा अफर : ५० हजार छुट

काठमाडौं – याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु...

एमजी जेडएस ईभीले अब फुल चार्जमा ४३९ किलोमिटर रेन्ज दिने

एमजी जेडएस ईभीले अब फुल चार्जमा ४३९ किलोमिटर रेन्ज दिने

एमजी मोटरले जेडएस ईभीको फेसलिफ्ट युरोपेली बजारमा सार्वजनिक गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...