१३ लाख ३९ हजार भारुमा लन्च भयो किया सोनेट एक्स लाइन
कियाले आफ्नो लोकप्रिय सव कम्प्याक्ट एसयूभी सोनेटलाई एक्स लाइन भर्सनमा...
विश्व अटो उद्योगको प्रतिष्ठित मञ्च न्यूयोर्क इन्टरनेसनल अटो शोमा किया मोटर्सले आफ्नो बहुप्रतीक्षित सेल्टोस हाइब्रिड मोडल पेश गरेको छ। अल ह्विल ड्राइभ सिस्टमसहित प्रस्तुत गरिएको सो नयाँ मोडल छिट्टै अमेरिकी बजारमा बिक्रीका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ।
नयाँ किया सेल्टोस हाइब्रिडमा आधुनिक प्रविधि, सुविधा र इन्धन दक्षताको सन्तुलित संयोजनका रूपमा प्रस्तुत गरिएको छ। सो मोडल १.६ लिटर पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटरको संयोजनद्वारा सञ्चालन हुन्छ, जसले संयुक्त रूपमा १४१ पिएस पावर र २६५ एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ। यसमा ६ स्पिड ड्युअल क्लच अटोमेटिक गियरबक्स उपलब्ध गरिएको छ। यसले प्रति लिटर ३० किलोमिटरभन्दा बढी माइलेज दिने दाबी गरिएको छ ।
सो मोडल अर्को वर्षसम्ममा भारती बजारमा लन्च गर्ने अनुमान गरिएको छ । भारतीय संस्करणमा १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन, इलेक्ट्रिक मोटर र सानो ब्याट्री प्याकमा आउने सम्भावना छ । साथै भारतमा यसको लागत कम गर्नका लागि यसमा फ्रन्ट ह्विल ड्राइभ सिस्टम मात्र उपलब्ध गराइने अपेक्षा गरिएको छ। यद्यपि यसबारे कम्पनीले केही पुष्टि गरेको छैन ।
हाल उपलब्ध किया सेल्टोसको मूल्य १० लाख ९९ हजार भारुबाट सुरु भएर १९ लाख ९९ हजार भारुसम्म पुग्छ। यो १४९७ सीसी पेट्रोल र १४८२ सीसी डिजेल इन्जिन विकल्पमा उपलब्ध छ, जसले ११३ बीएचपीदेखि १५८ बीएचपीसम्मको पावर र ११४ एनएमदेखि २५३ एनएमसम्मको टर्क उत्पादन गर्छ। ५ सिट क्षमताको सो एसयूभी आकर्षक डिजाइन, आधुनिक सुविधा र प्रदर्शनका कारण बजारमा मजबुत उपस्थिति बनाइरहेको छ।
कियाले आफ्नो लोकप्रिय सव कम्प्याक्ट एसयूभी सोनेटलाई एक्स लाइन भर्सनमा...
कियाले हाल दोस्रो पुस्ताको सेल्टोसमा काम गरिरहेको छ । रिपोर्टका अनुसार...
काठमाडौं – नेपाली फुटबलको क्षेत्रमा किया ब्रान्डको गाडी समेत जोडिएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...