यस्ता छन् हालै लन्च भएको बजाज पल्सर एन १२५ मा भएका आकर्षक फिचर
बजाजले आफ्नो नयाँ १२५ सीसी बाइक पल्सर एन १२५ बजारमा ल्याएको छ । कम्पनीले सो...
भारतीय अटो उद्योगमा बजाज अटो र ट्रायम्फबीचको साझेदारी दिनप्रतिदिन मजबुत बन्दै गएको छ। यस सहकार्यले भारतलाई केवल विश्वको सबैभन्दा ठुलो दुई पाङ्ग्रे बजारको रूपमा मात्र नभई प्रिमियम र मध्यम क्षमताका मोटरसाइकलको उत्पादन तथा निर्यातका लागि महत्वपूर्ण केन्द्रको रूपमा स्थापित गरिरहेको छ। यही सन्दर्भमा ट्रायम्फले ३५० सीसी सेग्मेन्टका मोटरसाइकल लन्च गरेको छ ।
ट्रायम्फ आफ्नो प्रिमियम इन्जिनियरिङ र समृद्ध इतिहासका लागि विश्वभर परिचित छ भने बजाज अटो ठुलो मात्रामा उत्पादन गर्ने क्षमता र स्थानीयकरणमा दक्ष कम्पनीका रूपमा चिनिन्छ। यी दुई कम्पनीबीचको सहकार्यले भारतमा ट्रायम्फको उपस्थिति मजबुत बनाएको छ। हाल बजारमा उपलब्ध स्पीड ४०० र स्क्र्याम्बलर एक्स जस्ता मोडलको माग उच्च रहेको देखिएको छ ।
ट्रायम्फको ३५० सीसी सेग्मेन्टमा प्रवेशले रोयल इन्फिल्ड, होन्डा, जावा र येज्दी जस्ता ब्रान्डलाई प्रत्यक्ष चुनौती दिने अनुमान गरिएको छ ।
भारतलाई विश्वव्यापी उत्पादन केन्द्रका रूपमा स्थापित गराउने प्रमुख कारणहरूमा यहाँको दक्ष इन्जिनियरिङ जनशक्ति, लागत प्रभावकारिता र बलियो आपूर्ति प्रणाली रहेका छन्। भारतीय इन्जिनियरहरूले अन्तर्राष्ट्रिय स्तरका गुणस्तर मापदण्ड कायम राख्दै स्थानीय रूपमा उच्चस्तरीय इन्जिन र डिजाइन विकास गर्न सफल भएका छन्। यसैलाई आधार बनाएर बजाज र ट्रायम्फले ४०० सीसी खण्डका मोटरसाइकलहरू विकास गरेका छन्, जसले विश्व बजारमा राम्रो प्रतिक्रिया पाएका छन्।
भारतमा उत्पादन लागत तुलनात्मक रूपमा कम हुनुका साथै यहाँ निर्मित मोटरसाइकलहरू अमेरिका, युरोप र एसियाका विभिन्न बजारहरूमा सहज रूपमा निर्यात गर्न सकिने भएकाले पनि अन्तर्राष्ट्रिय ब्रान्डहरू आकर्षित भइरहेका छन्। साथै, देशको कम्पोनेन्ट उद्योग पनि परिपक्व भइसकेको छ, जसले उच्च गुणस्तरका पार्टपुर्जा उपलब्ध गराउन सक्षम वनाएको छ ।
बजाजले आफ्नो नयाँ १२५ सीसी बाइक पल्सर एन १२५ बजारमा ल्याएको छ । कम्पनीले सो...
वीरगन्ज – वीरगन्जको बौहरवा भाटीमा ‘बजाज प्लाटिना माइलेज च्याम्पियन...
काठमाडौँ–बजाजको ग्रान्ड कार्निभल आजदेखी सुरु भएको छ । बजाज मोटरसाइलको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...