नयाँ बेस प्रिमियम भेरिएन्टसहित २०२६ रोयल इन्फिल्ड हन्टर ३५० लन्च

रोयल इन्फिल्डले आफ्नो लोकप्रिय र किफायती मोटरसाइकल हन्टर ३५० को २०२६ संस्करण लन्च गरेको छ । शहरी प्रयोगका लागि लक्षित सो मोटरसाइकल नयाँ रङ विकल्प तथा बेस प्रिमियम भेरिएन्टसहित बजारमा लन्च गरिएको हो । सो नयाँ भेरिएन्टको मूल्य १ लाख ४९ हजार ९०० भारु निर्धारण गरिएको छ।

कम्पनीले लखनऊमा आयोजित हन्टरहुड कार्यक्रममा नयाँ मोडल लन्च गरेको हो। नयाँ हन्टर ३५० को बुकिङ अप्रिल ४ देखि सुरु भइसकेको छ।

नयाँ हन्टरको सबैभन्दा ठुलो परिवर्तन बेस प्रिमियम भेरिएन्टमा गरिएको छ । ग्राहकहरूको मागलाई मध्यनजर गर्दै कम्पनीले बेस मोडलमै महत्वपूर्ण सुधार गरेको छ। अब स्पोक रिमको सट्टा अलोय ह्विल समावेश गरिएको छ, जसले मोटरसाइकलको लुक्स र प्रदर्शन दुवैमा सुधार ल्याएको छ। साथै, डिजिटल र एनालग संयोजन भएको इन्स्ट्रयुमेन्ट क्लस्टर र रोटरी स्विचगियरले मोटरसाइकललाई थप आकर्षक र परम्परागत शैलीको अनुभूति दिन्छ।

फिचरका रुपमा नयाँ हन्टर ३५० मा नयाँ डिजाइनको सिट, स्पोर्टी ग्र्याब रेल, सिंगल च्यानल एन्टि-लक ब्रेकिङ सिस्टम र स्लिप तथा असिस्ट क्लच जस्ता समावेश गरिएको छ ।

रोयल इन्फिल्डले सधैंझैं यसपटक पनि रङ संयोजनमा विशेष ध्यान दिएको छ। नयाँ रङले विशेषगरी युवापुस्तालाई आकर्षित गर्ने विश्वास कम्पनीको छ। सो मोडल अब ठुला शहरसँगै साना शहर र ग्रामीण बजारसम्म विस्तार हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरू

भेट्रान सोलो राइडर गुफीले यसरी फहराए सगरमाथामा रोयल इन्फिल्डको झण्डा

भेट्रान सोलो राइडर गुफीले यसरी फहराए सगरमाथामा रोयल इन्फिल्डको झण्डा

काठमाडौं – नेपालका एक मात्र रोयल इन्फिल्ड मोटरसाइकलका भेट्रान सोलो राइडर...

२६ वर्ष पछि भारतीय सडकमा गुड्दै छन् येज्दी ब्रान्डका बाइक

२६ वर्ष पछि भारतीय सडकमा गुड्दै छन् येज्दी ब्रान्डका बाइक

भारतीय सडकमा येज्दी बाइक पुन देखिने भएको छ । महिन्द्रा ग्रुपको कम्पनी...

हिमालयन ओडिसी २०२३ को यात्रा सुरु, ७५ राइडरले गर्ने छन् ३०५० किलोमिटरको रोमाञ्चक यात्रा

हिमालयन ओडिसी २०२३ को यात्रा सुरु, ७५ राइडरले गर्ने छन् ३०५० किलोमिटरको रोमाञ्चक यात्रा

हिमालयन ओडिसीको १९औं एडिसन सुरु भएको छ । सो बाइक अभियान दिल्लीबाट सुरु भएर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...