फोटोनले टुनल्याण्ड पिकअप ग्राहकका लागि ल्यायो ‘जिरो कस्ट अफर’
काठमाडौं–फोटोनले आफ्नो लोकप्रिय पिकअप मोडल टुनल्याण्डका ग्राहकहरूका...
काठमाडौं–फोटोन मोटर्स नेपालले बिर्तामोडमा कस्टमर मिट कार्यक्रम सम्पन्न गरेको छ । झापा तथा आसपासका जिल्लाका ग्राहकहसँग ब्रान्डलाई अझ नजिक ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमले प्रत्यक्ष अन्तरक्रियाका लागि खुला प्लेटफर्म प्रदान गरेको थियो, जहाँ हालका तथा सम्भावित फोटोन प्रयोगकर्ताले आफ्ना अनुभव, अपेक्षा र सुझावहरू प्रस्तुत गरेका थिए । यसले कम्पनीले ग्राहकहरूको आवाज सुन्ने र वास्तविक प्रतिक्रियाका आधारमा आफ्ना उत्पादन तथा सेवामा निरन्तर सुधार गर्ने प्रतिबद्धता झल्काएको छ ।
कार्यक्रममा पूर्वी नेपालका यातायात व्यवसायी, फ्लीट सञ्चालक तथा व्यवसायिक साझेदारको सक्रिय सहभागिता रहेको थियो । बिर्तामोड एक महत्वपूर्ण व्यापारिक तथा लजिस्टिक्स केन्द्र भएकाले झापा तथा सीमावर्ती जिल्लाहरूमा फोटोनको पहुँच विस्तार गर्न यसले रणनीतिक भूमिका खेलेको कम्पनी भनाई छ ।
कार्यक्रमका क्रममा फोटोन मोटर्स नेपालले आफ्टर सेल्स सर्भिस र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिएको विषयमा प्रकाश पारेको थियो । फोटोन टोलीले सेवामा पहुँच र रेस्पोन्स समय अझ सुधार गर्ने योजना प्रस्तुत गर्दै ग्राहकलाई समयमै र भरपर्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । छलफलका क्रममा देशभर १६६ भन्दा बढी सीसीएस२ फास्ट चार्जिङ प्वाइन्टहरूको स्थापनाका कारण विस्तार भइरहेको ईभी इकोसिस्टमबारे पनि जानकारी दिइएको थियो ।
कम्पनीका अनुसार, बिर्तामोड कस्टमर मिट फोटोनको ग्राहक केन्द्रित विकास यात्रामा अर्को महत्वपूर्ण कदमका रूपमा स्थापित भएको छ । प्रयोगकर्ताहरूसँग सक्रिय रूपमा अन्तरक्रिया गर्दै उनीहरूको प्रतिक्रिया समेट्ने प्रयासमार्फत कम्पनीले दीर्घकालीन विश्वास निर्माण गर्ने र ग्राहकलाई अझ उत्कृष्ट भ्यालु प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ ।
फ्लीट परामर्श, उत्पादन प्रदर्शन तथा आवश्यकता अनुसारका व्यावसायिक समाधानका लागि ग्राहकलाई नजिकैको फोटोन शोरूम भ्रमण गर्न कम्पनीले आग्रह गरेको छ ।
काठमाडौं–फोटोनले आफ्नो लोकप्रिय पिकअप मोडल टुनल्याण्डका ग्राहकहरूका...
काठमाडौं – नेपालका अग्ला र दुर्गम ठाउँहरूमा पुग्न सक्षम बनाइएको...
काठमाडौं–फोटोनले नयाँ पिकअप ट्रक ‘टुनल्यान्ड जी७’ नेपाली बजारमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...