लुम्बिनीमा थन्किएका करोडौंका विद्युतीय बस सञ्चालनमा ल्याउन प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौँ - लुम्बिनीमा ६ वर्षदेखि थन्किएका करोडौँ मूल्यका विद्युतीय बस तत्काल सञ्चालन गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ। पर्यटक सेवा र वातावरणमैत्री यातायातका लागि एसियाली विकास बैंकको सहयोगमा ल्याइएका ५ वटा बस र १४ वटा विद्युतीय भ्यान लामो समयदेखि सञ्चालनमा नआएपछि सरकार सक्रिय बनेको हो।

यसअघि बस काठमाडौँ लैजाने तयारी भइरहे पनि प्रधानमन्त्री कार्यालयको चासोपछि उक्त निर्णय रोकिएको छ। अब बसहरू लुम्बिनीमै सञ्चालन गर्ने तयारी गरिएको छ। लुम्बिनी विकास कोषका अनुसार कानुनी तथा व्यवस्थापन मोडालिटी मिलाएर बस सञ्चालन गर्ने तयारी भइरहेको छ।

करिब १३ करोड रुपैयाँ लागतमा खरिद गरिएका ती विद्युतीय बस र भ्यान लामो समयदेखि चार्जिङ स्टेसनमै थन्किएका थिए। सञ्चालन नहुँदा उपकरण बिग्रने जोखिम बढेको भन्दै तत्काल प्रयोगमा ल्याउन दबाब बढेको हो। स्थानीयले भने सार्वजनिक सम्पत्ति दुरुपयोग र लापरबाही भएको भन्दै छानबिन र दिगो सञ्चालन योजना माग गर्दै आएका छन्।

सम्बन्धित समाचारहरू

११ सिटे विद्युतीय भ्यानको भन्सार १ प्रतिशतबाट पुग्यो १० प्रतिशत

११ सिटे विद्युतीय भ्यानको भन्सार १ प्रतिशतबाट पुग्यो १० प्रतिशत

काठमाडौं – सरकारले सार्वजनिक गरेको बजेटमार्फत ११ वा सो भन्दा बढी सिट...

महिन्द्राको पहिलो इलेक्ट्रिक एसयूभीमा वढ्यो क्रेज, गाडी हात पार्न ७ महिनासम्म कुर्नुपर्ने

महिन्द्राको पहिलो इलेक्ट्रिक एसयूभीमा वढ्यो क्रेज, गाडी हात पार्न ७ महिनासम्म कुर्नुपर्ने

महिन्द्राको पहिलो इलेक्ट्रिक एसयूभी एक्सयूभी ४०० ले अहिले भारतीय बजारमा...

प्रिमियम इलेक्ट्रिक एसयूभी बजारमा उतार्ने तयारीमा किया

प्रिमियम इलेक्ट्रिक एसयूभी बजारमा उतार्ने तयारीमा किया

कियाले भारतीय बजारमा नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने योजना बनाएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...