नयाँ वर्षको रौनक : डेल्टा अटोकर्पले ल्यायो विशेष अफर ‘नयाँ युगको नयाँ राइड’

काठमाडौं – नेपालका लागि प्रिमियम इटालियन स्कुटर ब्रान्ड भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नयाँ वर्ष २०८३ को विशेष अफर ‘नयाँ युगको नयाँ राइड’ घोषणा गरेको छ । यो अफर चैत १३ देखि देशभरका आधिकारिक भेस्पा र अप्रिलिया शोरूमहरूमा उपलब्ध भएको कम्पनीको भनाइ छ ।

यस अफरअन्तर्गत, ग्राहकहरूले नगद खरिदमा ८ हजार ३ सय रुपैयाँको नगद छुट पाउनेछन्, साथै एक्सचेन्जमा १० हजार रुपैयाँको अतिरिक्त एक्सचेन्ज बोनस पनि उपलब्ध हुनेछ। यसमा बजारकै सबैभन्दा कम ४.९९ प्रतिशत ब्याजदरमा किस्ता सुविधा (ईएमआई) पनि रहेको छ, जसले ग्राहकहरूलाई आफ्नो मनपर्ने भेस्पा वा अप्रिलिया स्कुटरको सहज खरिद उपलब्ध गराउँछ।

नयाँ बर्षको माहोल अझ रोचक बनाउन, अफर अवधिमा खरिद गर्ने हरेक ग्राहकलाई हेल्मेट र स्कुटर कभर जस्ता ब्राण्डेड फ्रि एसेसरिज उपलब्ध गराइनेछ। त्यसैगरी, अभियानमा साप्ताहिक लक्की ड्र समेत समावेश गरिएको छ, जसअन्तर्गत भाग लिने ग्राहकहरूले रूपाकोट रिसोर्टमा विशेष लक्जरी गेटवे जित्ने मौका पाउनेछन्, जसले हरेक खरिदलाई अझ रोमान्चक र लाभदायी बनाउँछ।

यस अवसरमा डेल्टा अटोकर्पका मुख्य कार्यकारी अधिकृत तथा निर्देशक विजय कुमार महतोले नयाँ वर्ष नयाँ यात्रा र अवसरहरू अंगाल्ने समय भएको बताउदै ‘नयाँ युगको नयाँ राइड’ मार्फत कम्पनीले केवल प्रिमियम स्कुटर मात्र प्रदान नगरेर ग्राहकहरूलाई प्रिमियम अनुभवसँगै गर्वको अनुभूति दिलाउँदै, र आत्मविश्वासका साथ नयाँ वर्षको सुरुवात गर्ने अवसर प्रदान गर्न चाहेको बताए ।

सम्बन्धित समाचारहरू

चिनियाँ कम्पनी जोङसेनसँग मिलेर पियाजियोले बनाउदै छ नयाँ १५० सीसीको इन्जिन

चिनियाँ कम्पनी जोङसेनसँग मिलेर पियाजियोले बनाउदै छ नयाँ १५० सीसीको इन्जिन

पियाजियोले आफ्नो आगामी स्कुटरको लागि नयाँ इन्जिन तयार गर्दैछ । जानकारी...

भेस्पा र एप्रिलिया स्कुटर किन्दा नगद छुटको साथै वम्परमा १० लाख उपहार

भेस्पा र एप्रिलिया स्कुटर किन्दा नगद छुटको साथै वम्परमा १० लाख उपहार

काठमाडौं —भेस्पा र एप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक डेल्टा...

नेपाली अटोमोबाइल क्षेत्र ड्राइभ गरिरहेका यी महिलाहरु

नेपाली अटोमोबाइल क्षेत्र ड्राइभ गरिरहेका यी महिलाहरु

नारी र पुरुष एकै रथका दुई पांग्रा हुन् भन्ने भनाइ छ । यो भनाइलाई नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...