सुरु भयो एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज : दिपल, नामी, अवतार र सेरेसका लोकप्रिय ईभीमा झुम्मिए ग्राहक

काठमाडौं - एमएडब्लु वृद्धिको देशव्यापी मेगा एक्सचेन्ज कार्निभल आजबाट औपचारिक रुपमा सुरु भएको छ ।

ग्राहकको उत्साहजनक सहभागितामा सुरु भएको यस कार्निभलले लोकप्रिय ईभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेको छ । कार्निभलको पहिलो दिन प्रविधिमा अब्बल र आकर्षक डिजाइनयुक्त ईभीमा अपग्रेड हुन चाहने ग्राहकको उत्साहजनक सहभागिता रहेको छ ।

बिहीबारदेखि शनिबारसम्म काठमाडौंको सिल्भरओक, पुल्चोकको सस्कार फाइन डाइन, राधेराधेको हेरिटेज प्यालेस र काठमाडौंबाहिर दिपल र नामीका आआफ्ना शाेरुममा चल्ने मेगा एक्सचेन्जमा ग्राहकले प्रत्यक्ष नगद छुट, पुराना सवारीसाधनको उच्चतम् बजार मूल्यांकन, उत्कृष्ट एक्सचेन्ज बोनस, नि:शुल्क बिमा तथा चार्ज प्याकेज र नेपालकै सबैभन्दा लामो एक्स्टेन्डेड वारेन्टी जस्ता लाभ प्राप्त गर्न सक्नेछन् ।

कार्निभलको पहिलो दिनमै उत्साहजनक उपस्थिति र सकारात्मक प्रतिक्रिया देखिएको छ, जसले नेपालमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षण र रुचिलाई प्रतिबिम्बित गर्दछ । नेपाल दिगो यातायाततर्फ तीव्र रुपमा अघि बढिरहेको बेला एमएडब्लु वृद्धि नवीन र ग्राहककेन्द्रित पहलमार्फत विद्युतीय सवारी स्वामित्वलाई सहज बनाउन प्रतिबद्ध भएकाे बताएको छ । बढ्दो इन्धन मूल्य, वातावरणीय सचेतना र आकर्षक एक्सचेन्ज सुविधाहरुका कारण यो कार्निभलमा ग्राहकहरु आकर्षित भइरहेका हुन् ।

उत्सवमय वातावरणलाई थप आकर्षक बनाउन कानिर्भलमा रोबोटिक शाे, किड्स जोन, विभिन्न खेल र फुड स्टलहरु समेत राखिएका छन् जसले सबै उमेर समूहका आगन्तुलाई रमाइलो र अन्तरक्रियात्मक अनुभव प्रदान गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

लुम्बिनी प्रदेशमा सवारी कर कति ? यस्तो छ दर

लुम्बिनी प्रदेशमा सवारी कर कति ? यस्तो छ दर

नेपालमा हाल प्रदेश अनुसार सवारी साधनको कर तोकिएको छ। लुम्बिनी प्रदेशले...

इलेक्ट्रिक मोटरसाइकल कम्पनी यात्री मोटरसाइकल्सले ल्यायो यात्री हब एप

इलेक्ट्रिक मोटरसाइकल कम्पनी यात्री मोटरसाइकल्सले ल्यायो यात्री हब एप

काठमाडौं – केही दिन पहिले देखि नै चर्चामा रहेको नेपाली युवा...

बीवाईडीको अर्को उपलब्धि : १० लाख ईभी बिक्रीको माइलस्टोन

बीवाईडीको अर्को उपलब्धि : १० लाख ईभी बिक्रीको माइलस्टोन

अगस्ट महिनामा रेकर्ड बिक्री पश्चात बीवाईडीले यो वर्ष अर्को महत्वपूर्ण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...