कस्तो रहला बीवाईडी एट्टो३ को नेपाली बजार
लामो समयको प्रतीक्षापछि अन्तत भोलि शनिबार नेपाली बजारमा बीवाईडी एट्टो३...
पोखरा – नेपालका लागि एवोन र एक्सपेङ ईभीको आधिकारिक वितरक सीजी मोटर्सले पोखरामा समेत मेगा सेल्स एन्ड एक्सचेन्ज क्याम्प आयोजना गरेको छ । काठमाडौंमा केही समय पहिले यस प्रकारको कार्निभलको सफलता पश्चात अब पोखरामा समेत कार्निभल गर्ने घोषणाका साथ कम्पनीले यसको सुरुवात गरेको हो ।
यस कार्यक्रममार्फत ग्राहकहरूले विश्वप्रसिद्ध विद्युतीय सवारी ब्रान्ड एवोन र एक्सपेङका मोडलहरू नजिकबाट अनुभव गर्ने साथै विशेष तथा मूल्ययुक्त अफरहरूको लाभ लिन सक्नेछन्।
सो मेगा सेल्स एन्ड एक्सचेन्ज कार्निभलमा एवोन र एक्सपेङका विद्युतीय सवारीहरूमा आकर्षक बिक्री तथा एक्सचेन्ज अफरहरू उपलब्ध छन्, जसले प्रिमियम ईभी खरिदलाई अझ सहज बनाउनेछ। ग्राहकहरूले आकर्षक नगद छुट, अन–द–स्पट फाइनान्स सुविधा, १ वर्षको अटो प्लस बीमा, एक्सचेन्ज बोनस, वाल–माउन्ट होम चार्जर तथा चालु आर्थिक वर्षको वार्षिक रोड ट्याक्स सुविधाको लाभ लिन सक्नेछन्। साथै, कार्यक्रम अवधिभर दैनिक लक्की ड्रको व्यवस्था पनि गरिनेछ।
यो एक्सचेन्ज क्याम्प आजै देखि सीजी मोटर्स, अर्चलबोट, पोखरामा सुरु भएको छ र आगामी शनिबार सम्म आयोजना हुनेछ। कार्यक्रममा सहभागी हुने आगन्तुकहरूले ग्राहक केन्द्रित वातावरणमा विशेष अफरहरू, टेस्ट ड्राइभ अवसरहरू तथा अपग्रेड अनुभव गर्न सक्नेछन्, जसले विद्युतीय सवारीतर्फको परिवर्तनलाई सरल र सहज बनाउने उद्देश्य राखेको छ।
सीजी मोटर्सले इच्छुक ग्राहकहरूलाई अर्चलबोट, पोखरामा आयोजना हुने मेगा सेल्स एन्ड एक्सचेन्ज कार्निभलमा उपस्थित भई सीमित अवधिका यी विशेष अफरहरूको लाभ लिन तथा विश्वस्त रूपमा आफ्नो सवारी अपग्रेड गर्ने अवसरको सदुपयोग गर्न अनुरोध गरेको छ।
लामो समयको प्रतीक्षापछि अन्तत भोलि शनिबार नेपाली बजारमा बीवाईडी एट्टो३...
काठमाडौं – टाटाको विद्युतीय ट्याक्सी एक्सप्रेस–टी किन्न नबिल बैंकले ८०...
सरकारले प्रस्तुत गरेको बजेटमार्फत पेट्रोलियम पदार्थबाट चल्ने सवारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...