जीएसी एवोन भीमा आधारित टोयोटा बीजेड३एक्स ईभीमा क्रेज, पहिलो घण्टामै १० हजार युनिट अर्डर
टोयोटाले तेस्रो ईभीको रुपमा बीजेडथ्रीएक्स ( बीजेड३एक्स) एसयूभी चीनमा...
काठमाडौं – नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटीएस) प्रालिले चैत्र १२, १३ र १४ गते हेटौंडाको मेन रोडस्थित कफि बारमा ‘एक्सपेरियन्स टोयोटा’ कार्यक्रम आयोजना गर्ने भएको छ।
हेटौंडा क्षेत्रका ग्राहकहरूलाई लक्षित गरी आयोजना गरिएको सो कार्यक्रममार्फत ग्राहकहरूले टोयोटाका विभिन्न मोडेलका गाडीहरू प्रत्यक्ष अवलोकन गर्नुका साथै टेस्ट ड्राइभ गरी अनुभव गर्न सक्नेछन्। साथै, हरेक गाडी खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसेसरिज, फ्रि इन्स्योरेन्स, बैंकिङ सुविधा, रोड ट्याक्स तथा विभिन्न आकर्षक उपहारहरू समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।
कार्यक्रम अवधिभर ग्राहकहरूले टोयोटाका गाडीहरूको टेस्ट ड्राइभ गर्दा आकर्षक उपहार प्राप्त गर्नुका साथै युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले प्रदान गर्दै आएका विभिन्न सेवा तथा सुविधाबारे पनि जानकारी पाउनेछन्।
युटीएसले हेटौंडा तथा आसपासका सम्पूर्ण ग्राहक तथा सम्भावित खरिदकर्ताहरूलाई कार्यक्रममा उपस्थित भई टोयोटाका गाडीहरूको टेस्ट ड्राइभ अनुभव गर्न हार्दिक निमन्त्रणा समेत गरेको छ।
टोयोटाले तेस्रो ईभीको रुपमा बीजेडथ्रीएक्स ( बीजेड३एक्स) एसयूभी चीनमा...
टोयोटा इन्डियाले अर्बन क्रुजर टेजर नामको नयाँ कारको ट्रेडमार्क दर्ता...
विश्व अटोमोबाइल उद्योग तीव्र रुपमा सफ्टवेयरद्वारा संचालित सवारी साधन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...