अफरोड एसयूभी जेइको जे६टी अब नेपालमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं - नेपालका लागि ओमोडा एण्ड जेइकोको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले एक कार्यक्रमको आयोजना गर्दै नयाँ विद्युतीय गाडी ‘जेइको जे६टी’ औपचारिक रूपमा सार्वजनिक गरेको छ । 

यो गाडी जस्तोसुकै अप्ठ्यारो सडकमा पनि सजिलै गुड्न सक्नेगरी बनाइएको कम्पनीले जनाएको छ । विश्वप्रसिद्ध ल्याण्ड रोभर डिफेन्डरको बनावटबाट प्रभावित यो गाडी यसको बलियो, आकर्षक र बाकस जस्तो देखिने स्वरूपका कारण चर्चामा छ ।

कम्पनीले यसको बजार मूल्य ६८ लाख ९९ हजार रुपैयाँ तोकेको भए तापनि सुरुवाती अफर अन्तर्गत ग्राहकहरूले यसलाई ६६ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्ने जनाएको छ ।

यसमा विश्वकै उत्कृष्ट ‘सीएटीएल’  कम्पनीको लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ । यसको ग्राउन्ड क्लियरेन्स २०० एमएमबाट बढाएर २२५ एमएम पु-याइएको छ, जसले नेपाली सडक र अफरोड दुबै अवस्थालाई लक्षित गरेको देखिन्छ । एक पटकको पूर्ण चार्जमा यो गाडीले ४३१ किलोमिटर सम्मको यात्रा तय गर्न सक्ने कम्पनीले दावी गरेको छ ।

गाडीको भित्री भागमा १५.६ इन्चको ठुलो मुख्य सूचना स्क्रिन, चालकका लागि ९.२ इन्चको डिजिटल डिस्प्ले, ५० वाटको ताररहित (वायरलेस) मोबाइल चार्जर र ८ वटा स्पिकरहरू जडान गरिएका छन् । एलईडी लाइट, १९ इन्च ह्विल, पानारोमिक सनरुफ, भेन्टिलेटेड र हिटेड सिट, डुअल जोन एसी, १५.६ इन्च इन्फोटेन्मेन्ट स्क्रिन, ९.२ इन्च डिजिटल क्लस्टर, वायरलेस चार्जिङ लगायत सुविधा छन्। साथै ३६० डिग्री क्यामेरा, लेभल–२ एडास, ६ एयरब्याग, भेइकल स्टेबिलिटी कन्ट्रोल र पार्किङ सेन्सर जस्ता सेफ्टी फिचर पनि दिइएको छ।

यसअघि बजारमा आएको जेइको जे६ को सफलतापछि कम्पनीले अझ सुधारिएको र शक्तिशाली संस्करणका रूपमा जे ६टी ल्याएको हो । 

सार्वजनिक कार्यक्रममा शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा र निर्देशक गौरव शारडा लगायत अटोमोबाइल क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

एसपीजी अटोमोबाइल्सले नेपाली ग्राहकहरूलाई नयाँ प्रविधि र भरपर्दो गाडीको अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । हाल यो गाडी देशभरका सबै आधिकारिक शोरुमहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

४ वर्षमा कुन अर्थमन्त्रीले कसरी चलाए ईभीमा कर, यो वर्ष के होला ?

४ वर्षमा कुन अर्थमन्त्रीले कसरी चलाए ईभीमा कर, यो वर्ष के होला ?

काठमाडौं– आर्थिक वर्ष २०८१/८२ को बजेट आउन अव १४ दिनमात्र बाँकी छ । बजेट आउने...

११ लाख भारुमै लन्च भयो सुजुकी ई–भिटारा, नेपालमा छिट्टै बिक्री थालिने

११ लाख भारुमै लन्च भयो सुजुकी ई–भिटारा, नेपालमा छिट्टै बिक्री थालिने

मारुती सुजुकीले इलेक्ट्रिक एसयूभी ई-भिटारा आधिकारिक रूपमा लन्च गरेको छ ।...

फोर्ड र केई ब्रान्डका गाडी बिक्री गरिरहेको जीओ अटोमोबाइल्सले अब एमजी गाडी पनि बेच्ने

फोर्ड र केई ब्रान्डका गाडी बिक्री गरिरहेको जीओ अटोमोबाइल्सले अब एमजी गाडी पनि बेच्ने

काठमाडौं – नेपाली बजारमा फोर्ड र केई ब्रान्डका सवारी साधन बिक्री–वितरण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...