पुरानो कुनै पनि ब्रान्डको कारसँग नयाँ चेरी कार साट्ने अवसर : ६ लाख ३१ हजार सम्म फाइदा
काठमाडौं – नेपालमा चेरी गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...
काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी निसान म्याग्नाइटमा ग्राहकहरुका लागि ‘१ वर्ष शून्य इन्धन’ अर्थात One Year Zero Fuel योजना घोषणा गरेको छ ।
यस ‘१ वर्ष शून्य इन्धन’ अभियान अन्तर्गत ग्राहकहरूले ५० हजार रुपैयाँ सम्म नगद छुट, १ लाख रुपैयाँ सम्म एक्सचेन्ज बोनस, १ वर्षको कम्प्रिहेन्सिभ बीमा तथा १ वर्षको निःशुल्क इन्धन सुविधा प्राप्त गर्नेछन्। हाल निसान म्याग्नाइटको सुरुवाती मूल्य ३५ लाख ७५ हजार रुपैयाँ रहेको छ र यो अफर देशभरका आधिकारिक निसान शोरूमहरूमा लागू हुने कम्पनीको भनाइ छ।
यसलाई अझ आकर्षक बनाउँदै, निसानले सजिलो स्वामित्व योजना पनि ल्याएको छ, जस अन्तर्गत म्याग्नाइट भिसिया अब प्रति दिन मात्र ९९९ रुपैयाँमा उपलब्ध हुनेछ, जसले यसलाई कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सबैभन्दा सुलभ विकल्पमध्ये एक बनाएको छ।
निसान म्याग्नाइटमा ५–स्टार ग्लोबल एनक्याप सेफ्टी रेटिङ सहित यसमा सेग्मेन्टकै उत्कृष्ट २०५ एमएम ग्राउण्ड क्लियरेन्स, ६ वटा एयरब्याग, हिल–स्टार्ट असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, टचस्क्रिन तथा रियर पार्किङ सेन्सर जस्ता सुरक्षा सुविधाहरू सबै भेरिएन्टहरूमा उपलब्ध छन्।
कम्पनीले ग्राहकहरूलाई नजिकको निसान शोरूममा गई टेस्ट ड्राइभ लिन र अफरबारे थप जानकारी प्राप्त गर्न अनुरोध गरेको छ।
काठमाडौं – नेपालमा चेरी गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...
भारतमा निसान र रेनोको सहकार्य अझै बलियो हुने भएको छ । निसान र रेनोले २ वटा...
काठमाडौं – निसान र ड्याटसन गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...