जीटी लाइन र एक्स लाइन भेरिएन्टसहित आयो २०२६ किया क्यारेन्स क्लाभिस

किया मोटर्सले आफ्नो लोकप्रिय सवारी क्यारेन्स क्लाभिसलाई अपडेटसहित पेश गरेको छ । नयाँ अपडेटसँगै सो मोडल पहिलेभन्दा अझ लग्जरी, आधुनिक र सुविधासम्पन्न बनेको कम्पनीले जनाएको छ। यसपटक क्यारेन्स क्लाभिसमा दुई नयाँ प्रिमियम भेरिएन्ट जीटी लाइन र एक्स लाइन थपिएको छ ।

नयाँ संस्करणमा कारको बाहिरी बनावटलाई अझ आकर्षक र स्पोर्टी बनाइएको छ। जीटी लाइन भेरिएन्टमा नयाँ डिजाइनका अलोय ह्विल र स्टाइलिश बम्पर समावेश गरिएको छ । ब्रेक क्यालिपरमा प्रयोग गरिएको लाइम रङको फिनिशले यसलाई अझ फरक र आकर्षक बनाएको छ। अर्कोतर्फ, एक्स लाइन भेरिएन्टमा डार्क थिम मन पराउने ग्राहकलाई लक्षित गरिएको छ। यो डार्क गन मेटल र अरोरा ब्ल्याक रङमा उपलब्ध हुनेछ र ६ सिटर कन्फिगरेसनमा क्याप्टेन सिटको सुविधा पनि प्रदान गरिएको छ ।

क्यारेन्स क्लाभिसको मध्यम भेरिएन्ट एचटीके प्लसमा इलेक्ट्रिक सनरुफ उपलब्ध गराइएको छ । टप भेरिएन्टमा प्यानोरामिक सनरुफ र ड्यास क्याम जस्ता अत्याधुनिक सुविधा थपिएको छ । सेफ्टीका लागि लेभल २ एडास समेत कम मूल्यका भेरिएन्टमा उपलब्ध गराएको छ ।

यद्यपि, इन्जिन र गियरबक्समा भने कुनै परिवर्तन गरिएको छैन । यसमा पहिले जस्तै १.५ लिटर पेट्रोल, १.५ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन विकल्प हुनेछ । गियरबक्समा म्यानुअल, आईएमटी र अटोमेटीक सिस्टमको विकल्प उपलब्ध हुनेछ।

नयाँ क्यारेन्स क्लाभिसको सुरुवाती मूल्य ११ लाख २० हजार भारु एक्स शोरूमबाट सुरु हुन्छ । डिजेल भेरिएन्टको मूल्य १३ लाख १३ हजार भारुबाट सुरु हुने छ भने सबैभन्दा उच्च स्पेसिफिकेसन भएको टर्बो पेट्रोल जीटीएक्स प्लस र एक्स लाइन भेरिएन्टको मूल्य २१ लाख ५६ हजार भारु एक्स तोकिएको छ।

सम्बन्धित समाचारहरू

न्यूयोर्क अटो शोमा किया सेल्टोस हाइब्रिड सार्वजनिक, भारतमा अर्को वर्ष लन्च हुने सम्भावना

न्यूयोर्क अटो शोमा किया सेल्टोस हाइब्रिड सार्वजनिक, भारतमा अर्को वर्ष लन्च हुने सम्भावना

विश्व अटो उद्योगको प्रतिष्ठित मञ्च न्यूयोर्क इन्टरनेसनल अटो शोमा किया...

शोरुममा उपलब्ध छैन होन्डा सिआरभी र किया कार्निभल, सेकेन्ड ह्यान्ड किन्नेलाई यस्तो छ बिकल्प

शोरुममा उपलब्ध छैन होन्डा सिआरभी र किया कार्निभल, सेकेन्ड ह्यान्ड किन्नेलाई यस्तो छ बिकल्प

होन्डाको निकै नै रुचाइएको एसयुभी सिआरभी र कियाको एमपीभी कार्निभल अहिले...

कियाको बहुप्रतिक्षित एसयुभी साइरोस सार्बजनिक, यस्तो छ विशेषता

कियाको बहुप्रतिक्षित एसयुभी साइरोस सार्बजनिक, यस्तो छ विशेषता

कियाले आफ्नो बहुप्रतिक्षित एसयुभी साइरोसलाई भारतमा सार्बजनिक गरेको छ । सो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...