ललितपुरमा ईभी प्रयोगकर्ताले सम्पत्ति करमा ५ प्रतिशत छुट पाउने
काठमाडौँ – ललितपुर महानगरपालिकाले आफ्नो पालिका भित्र विद्युतीय सवारी...
काठमाडौं - नेपालका लागि प्रोटोन गाडीको अधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासको तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज’ योजना सार्वजनिक गरेको छ।
काठमाडौंको बौद्धस्थित होटल तिब्बतमा तीन दिन अर्थात चैत ६, ७ र ८ गतेसम्म ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सिलेन्स’ योजना सार्वजनिक गरेको हो। ‘ट्रेड अप टुडे, ड्राइभ एक्सिलेन्सन्स टुमोरो’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको कार्यक्रममा ग्राहकहरूलाई जुनसुकै ब्रान्डका पुराना गाडी साट्दा बजारमा प्रचलित दरभन्दा उच्च मूल्यांकन प्रदान गर्ने कम्पनीले जनाएको छ।
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने – यस कार्यक्रमले नेपालमा विद्युतीय गाडीको भविष्यलाई थप सुनिश्चित बनाउन नयाँ आयाम थप्ने विश्वास लिएका छौँ, यसका साथै प्रविधिमैत्री तथा स्वच्छ वातावरणका लागि हामी सधैँ प्रतिबद्ध छौँ।
कम्पनीका अनुसार प्रोटोन ईमास ७ मा १६० किलोवाट क्षमताको मोटर, १८० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स तथा ४९२ देखि ५८५ किलोमिटरको एनईडीसी रेन्ज रहेको छ। आधुनिक सुरक्षा प्रविधि र आकर्षक प्रिमियम डिजाइन सुविधासहितको यो गाडीको लम्बाइ ४६१५ एमएम रहेको छ।
कार्यक्रममा गाडी खरिद गर्ने ग्राहकहरूले विशेष नगद लाभ, फाइनान्समा सहजता, एक वर्षको नि:शुल्क सडक दस्तुर र एक वर्षको बीमा जस्ता सुविधाहरू पाउन सक्नेछन्। कार्यक्रममा सहभागी हुने र गाडी बुकिङ गर्ने ग्राहकहरूका लागि विशेष उपहारको व्यवस्थासमेत कम्पनीले गरेको छ।
काठमाडौँ – ललितपुर महानगरपालिकाले आफ्नो पालिका भित्र विद्युतीय सवारी...
जिपको पहिलो फुल इलेक्ट्रिक मोडल अर्को वर्षको पहिलो ६ महिना भित्रै बजारमा...
काठमाडौं–अब पेट्रोल स्कुटरझैं इलेक्ट्रिक स्कुटर किन्न पनि नागरिकता कै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...