उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनले यात्रुलाई ढोकामा राख्न नपाउने

काठमाडौं - सार्वजनिक सवारीसाधनले यात्रुलाई ढोकामा राखेर यात्रा गराएमा कारवाहीमा पर्ने भएका छन् । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार यात्रुवाहक बस र माइक्रो जस्ता सार्वजनिक यातायातले यात्रुलाई ढोकामा राखेर गन्तव्यमा पुर्याएमा कारवाहीमा पर्ने भएका हुन् ।

सार्वजनिक यातायाताले यात्रुहरूलाई जोखिमपूर्ण यात्रा गराउने, लापरवाही तरिकाले यात्रुवाहक सवारीसाधन चलाउने र सवारी साधनको ढोकामा यात्रु राख्ने तथा माइक्रो बसहरूमा शरीरको आधा शरीर ढोका बाहिर निकाली यात्रा गराउने गराएका थिए । 

सार्वजनिक यातायातले यात्राका क्रममा जथाभावी गरेकाले यात्रुहरूले ट्राफिक प्रहरीसमक्ष गुनासो गरेका थिए । गुनासोको आधारमा काठमाडौं उपत्यकामा चल्ने यात्रुवाहक बस, माइक्रो जस्ता सवारी साधनमा विशेष चेकजाँच गर्दा यात्रुहरुलाई जोखिमपूर्ण यात्रा गराउने, लापरवाही तरिकाले यात्रुवाहक सवारी साधन चलाउने र सवारी साधनको ढोकामा यात्रु राख्ने तथा माइक्रो बसहरुमा शरीरको आधा शरीर ढोका बाहिर निकाली यात्रा गर्ने सवारी साधनलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही गरी सम्बन्धित सहचालकहरुलाई सचेतना कक्षा पनि संचालन गरिएको ट्राफिक प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

यातायात व्यवस्था विभागले भन्यो, ‘इम्बोस्ड नम्बर प्लेट जडान नगरे जरिवाना हुँदैन’

यातायात व्यवस्था विभागले भन्यो, ‘इम्बोस्ड नम्बर प्लेट जडान नगरे जरिवाना हुँदैन’

काठमाडौँ- यातायात व्यवस्था विभागले तत्काल सवारी साधनमा इम्बोस्ड नम्बर...

स्मार्ट ड्राइभिङ : फोन खल्तीमा, ध्यान सडकमा

स्मार्ट ड्राइभिङ : फोन खल्तीमा, ध्यान सडकमा

आजको डिजिटल युगमा मोबाइल फोन हाम्रो जीवनको अभिन्न अङ्ग बनिसकेको छ । तर, के...

४ वटा सवारी साधन एकआपसमा ठक्कर खाँदा ३३ जना घाइते

४ वटा सवारी साधन एकआपसमा ठक्कर खाँदा ३३ जना घाइते

मकवानपुर – मकवानपुरको रातमाटेमा ४ वटा सवारी साधनहरु एक आपसमा ठक्कर खाँदा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...