नेपाल भित्रिदै २२५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्सयुक्त अफरोड ईभी जेइको ‘जे ६ टी’

काठमाडौं- नेपाली बजारमा अफरोड क्षमता ध्यानमा राखेर नयाँ इलेक्ट्रिक एसयूभी ‘जे ६ टी’ सार्वजनिक हुने तयारीमा छ। चिनियाँ कम्पनी चेरीको न्यू इनर्जी ब्रान्ड जेइकोले अघिल्लो मोडलमा सुधार गर्दै नयाँ संस्करण ल्याउन लागेको हो।

आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले साे गाडी आगामी सातादेखि बिक्री सुरु गर्ने तयारी गरेको छ। नयाँ मोडलमा ग्राउन्ड क्लियरेन्स २०० एमएमबाट बढाएर २२५ एमएम पु-याइएको छ, जसले नेपाली सडक र अफरोड दुबै अवस्थालाई लक्षित गरेको देखिन्छ ।

डिजाइनमा पनि परिवर्तन गरिएको छ । अगाडिको ग्रिल नयाँ शैलीमा आएको छ भने गाडीको साइजसमेत परिमार्जन गरिएको छ। ४४३३ एमएम लम्बाइ, १९१६ एमएम चौडाइ र १७४१ एमएम उचाइ भएको यो एसयूभी थप मजबुत र बक्सी देखिन्छ ।

अप्रोच एङ्गल २७ डिग्री र डिपार्चर एङ्गल ३१ डिग्री भएकाले उकालो-ओरालो र अफरोड बाटोमा सहज ड्राइभिङ सम्भव हुने कम्पनीको दाबी छ।

प्राविधिक पक्षमा भने पुरानै सेटअप राखिएको छ। ६५.६९ किलोवाट आवर ब्याट्री र १३५ किलोवाट क्षमताको रियर ह्विल ड्राइभ मोटर प्रयोग गरिएको छ ।

फिचरमा एलईडी लाइट, १९ इन्च ह्विल, पानारोमिक सनरुफ, भेन्टिलेटेड र हिटेड सिट, डुअल जोन एसी, १५.६ इन्च इन्फोटेन्मेन्ट स्क्रिन, ९.२ इन्च डिजिटल क्लस्टर, वायरलेस चार्जिङ लगायत सुविधा छन्। साथै ३६० डिग्री क्यामेरा, लेभल–२ एडास, ६ एयरब्याग, भेइकल स्टेबिलिटी कन्ट्रोल र पार्किङ सेन्सर जस्ता सेफ्टी फिचर पनि दिइएको छ।

गाडीकाे मूल्य सार्वजनिक गरिएको छैन, तर अघिल्लो मोडलकै आसपास रहने अनुमान गरिएको छ। नयाँ मोडलले विशेषगरी उच्च ग्राउण्ड क्लियरेन्स खोज्ने नेपाली ग्राहकलाई लक्षित गरेको देखिन्छ।

सम्बन्धित समाचारहरू

बराल ग्रुपले ल्यायो वाडा अटो शो २०२५ को लागि आकर्षक अफरहरू

बराल ग्रुपले ल्यायो वाडा अटो शो २०२५ को लागि आकर्षक अफरहरू

पोखरा – पोखरामा बराल ग्रुपअन्तर्गत सञ्चालनमा रहेको एलिट मोटर्स प्रालि र...

याडिया स्कुटरमा ३० हजार नगद छुट, फाइनान्समा ६.९९ प्रतिशत व्याज

याडिया स्कुटरमा ३० हजार नगद छुट, फाइनान्समा ६.९९ प्रतिशत व्याज

याडिया स्कुटरको आधिकारिक वितरक कुजु नेपालले जुनसुकै व्रान्डको पुरानो...

८ महिनामै भित्रिए १३ सय बढी विद्युतीय सवारी : नेपाली सडकमा बढ्दै यस्ता सवारी

८ महिनामै भित्रिए १३ सय बढी विद्युतीय सवारी : नेपाली सडकमा बढ्दै यस्ता सवारी

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले टाटा कम्पनीको २० वटा विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...