अर्ब रुपैयाँ बढी कारोबार गर्ने यी ३ स्पेयर पार्ट्स व्यवसायी नाडाको चुनावी मैदानमा
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि पर्सि मतदान...
काठमाडौं – ग्राहक सन्तुष्टि र आफ्टर–सेल्स सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ सीएफमोटो नेपालले देशका विभिन्न प्रमुख सहरहरूमा आफ्ना जेन्युइन स्पेयर पार्ट्स किफायती तथा ग्राहकमैत्री मूल्यमा उपलब्ध गराएको घोषणा गरेको छ। यस पहलले देशभरका सीएफमोटो प्रयोगकर्ताहरूलाई सहज पहुँच, भरपर्दो सेवा र किफायती मर्मत सुविधा उपलब्ध गराउने लक्ष्य राखेको कम्पनीको भनाइ छ।
नेपालको प्रिमियम मोटरसाइकल सेग्मेन्टमा आफ्नो उपस्थिति विस्तार गरिरहेको सीएफमोटोले काठमाडौं उपत्यका भित्र तथा बाहिर दुबै क्षेत्रमा स्पेयर पार्ट्सको सहज उपलब्धता सुनिश्चित गर्दै आफ्नो सेवा सञ्जाललाई थप सुदृढ बनाइरहेको छ।
सीएफमोटो नेपाल ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै निरन्तर सुधारको दिशामा अघि बढिरहेको बताएको छ। कम्पनीले स्पेयर पार्ट्सको मूल्यलाई ग्राहकमैत्री बनाउनुका साथै आफ्ना प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिका लागि सीएफमोटो ग्लोबलद्वारा सञ्चालन गरिएका विभिन्न तहका तालिम कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ।
सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरका अनुसार काठमाडौं उपत्यका बाहिर
विर्तामोड, इटहरी, हेटौंडा, चितवन, बुटवल, पोखरा र नेपालगञ्जमा अब स्पेयर पार्ट्स सहज तरिकाले उपलब्ध हुनेछन् ।
काठमाडौं उपत्यका भित्र कालोपुलको सीएफमोटो सर्भिस स्टेसन, बुद्धनगरको काठमाडौं अटो क्लिनिक र सल्लाघारीको राइडर्स ग्रुप लगायतका अधिकृत सेवा केन्द्रहरूमा स्पेयर पार्ट्स उपलब्ध छन् ।
यस प्रकारको विस्तारले सीएफमोटोको जेन्युइन तथा उच्च गुणस्तरका स्पेयर पार्ट्स, पारदर्शी र प्रतिस्पर्धी मूल्य निर्धारण, छिटो तथा प्रभावकारी सेवा र उत्कृष्ट र सहज स्वामित्व अनुभव लगायतका प्रतिबद्धताहरुलाई थप सुदृढ बनाएको बताइएको छ ।
देशभर स्पेयर पार्ट्सको उपलब्धता विस्तार गरेर सीएफमोटोले ग्राहकहरूको समय बचत गर्ने र मर्मत सेवा अझ सहज बनाउने लक्ष्य राखेको छ।
कम्पनीले हालै नेपाली बजारमा सीएफमोटो २५० डुअल ईफआई सार्वजनिक गरेको छ । सो अवसरमा कम्पनीका एक प्रतिनिधिले भनेका थिए - नेपालभरका सीएफमोटो प्रयोगकर्ताहरूलाई सहज, भरपर्दो र किफायती आफ्टर–सेल्स सेवा प्रदान गर्नु हाम्रो मुख्य उद्देश्य हो। स्पेयर पार्ट्सको उपलब्धता विस्तार गर्नु हाम्रो ‘कस्टमर फर्स्ट’ रणनीतिको महत्वपूर्ण कदम हो ।’
यस अनुसार पनि सीएफमोटो नेपालले नेपाली बजारमा आफ्ना उत्पादन उपलब्ध गराउनुका साथै स्पेयर पार्ट्स उपलब्धतालाई समेत जोड दिएको मान्न सकिन्छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि पर्सि मतदान...
सवारी साधनको स्टेयरिङ ह्विलको पोजिसन विश्वभर एउटै हुँदैन । नेपाल, भारत र...
काठमाडौं – सवारी साधन बिक्री गरे पश्चात उपलब्ध गराइने बिक्री पछिको सेवा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...