नयाँ दिपल ई०७ अब नेपाली जंगल र पहाडका लागि तयार
दिपल ई०७ ले गत वर्ष नेपालमा सार्वजनिक भएपछि आफ्नो ट्रान्सफर्मेसन क्षमताका...
काठमाडौं–नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर एलआरआर मोटर्सले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी जिली ईएक्स५ मा आकर्षक नयाँ वर्ष विशेष बिक्री योजना ‘नयाँ ऊर्जा, नयाँ यात्रा र नयाँ अनुभव’ सार्वजनिक गरेको छ ।
चैत्र १ देखि वैशाख ७ गतेसम्म लागू हुने यस योजनाअन्तर्गत सो अवधिभित्र ईएक्स५ खरिद गर्ने ग्राहकहरूले विभिन्न आकर्षक उपहार तथा सुविधाहरू प्राप्त गर्नेछन् । कम्पनीले ग्राहकहरूलाई विशेष अनुभव प्रदान गर्ने उद्देश्यले ६ रात ७ दिनको थाइल्याण्ड भ्रमण (२ जनाका लागि) सहितका विशेष लाभहरू समावेश गरेको जनाएको छ ।
यसका अतिरिक्त, यो विशेष योजनाअन्तर्गत ग्राहकहरूले ईएक्स५ म्याक्सको खरिदमा स्मार्ट कफी मेसिन, एडप्टेवल चार्जर, आकर्षक नगद छुट, ह्यासल–फ्री फाइनान्सिङ सुविधा, १ वर्षको निःशुल्क अटो प्लस इन्सुरेन्स तथा १ वर्षको निःशुल्क रोड ट्याक्स जस्ता सुविधाहरू पनि प्राप्त गर्नेछन् ।
कम्पनीका सेल्स एण्ड अपरेसन हेड अधिर श्रेष्ठका अनुसार, नयाँ वर्ष २०८३ को अवसरमा ग्राहकहरूलाई अझ विशेष अनुभव प्रदान गर्ने उद्देश्यले ईएक्स५ म्याक्समा यो आकर्षक योजना ल्याइएको हो । ‘विद्युतीय सवारीप्रति बढ्दो चासोलाई ध्यानमा राख्दै हामीले ग्राहकलाई थप मूल्य दिनेगरी थाइल्याण्ड भ्रमणदेखि बीमा, रोड ट्याक्स र अन्य सुविधाहरू समेटिएको प्याकेज तयार गरेका छौँ’ उनल भने ।
एलआरआर मोटर्सले अत्याधुनिक प्रविधि, सुरक्षा र प्रिमियम अनुभव प्रदान गर्ने लक्ष्यसहित जिली ईएक्स५ विद्युतीय एसयूभी नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार नयाँ वर्षको अवसरमा ल्याइएको यो योजना ग्राहकहरूलाई विद्युतीय सवारीतर्फ आकर्षित गर्ने र उनीहरूलाई थप मूल्य प्रदान गर्ने उद्देश्यले तयार गरिएको हो ।
कम्पनीले नयाँ वर्षमा ‘नयाँ ऊर्जा, नयाँ यात्रा र नयाँ अनुभव’ सुरु गर्न चाहने ग्राहकहरूलाई ईएक्स५ म्याक्स रोज्न आग्रह गरेको छ । इच्छुक ग्राहकहरूले कम्पनीको शोरुममा गई सीमित अवधिका लागि लागू भएको यस अफरको फाइदा लिन सक्नेछन् ।
दिपल ई०७ ले गत वर्ष नेपालमा सार्वजनिक भएपछि आफ्नो ट्रान्सफर्मेसन क्षमताका...
काठमाडौं– नेपाल भित्रिएको छोटो अबधीमै एथर स्कुटर २० हजारसम्मले महंगो भएको...
स्कोडाले नयाँ इलेक्ट्रिक कार भिजन ७ एसको कन्सेप्ट सार्वजनिक गरेको छ । यो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...