मध्यपूर्ब द्वन्द्वकाे असर : युरिया अभावले ट्रक फ्लिटलाई ग्राउन्ड गर्न सक्ने चिन्ता

प्राविधिक–ग्रेड युरियाको आपूर्तिमा देखिएको अवरोधले डिजेल ट्रकको फ्लिटलाई ग्राउन्ड गर्न सक्ने भारतका अटोमोटिभ उद्योगहरुले चेतावनी दिएका छन् ।

सोसाइटी अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स(एसएआईएम) ले इरान युद्धका कारण अप्रिल २०२६ को सुरुवात पछि युरिया आपूर्तिको ग्यारेन्टि नदेखिएको बताएको छ । द्वन्द्वले मध्य पूर्व ढुवानी मार्गहरू अवरुद्ध गरेको र क्षेत्रीय बन्दरगाहहरूमा सञ्चालन सीमित गरेका कारण भाडा तथा बीमा लागत बढाएको समेत उक्त संस्थाले जनाएको छ ।

बीएस६ मापदण्डका कमर्सियल भेइकल र प्यासेन्जर कारमा प्रयोग हुने डिजेल एक्जस्ट फ्लुइड(डीईएफ) मा प्राविधिक ग्रेड युरियालाई अत्यावश्यक तत्व मानिन्छ । भारतले दुबई र इजिप्टबाट आफ्नो प्राविधिक–ग्रेड युरियाको लगभग ५० देखि ६० प्रतिशत आपूर्ति पुरा गर्दै आएको छ ।

सबै बीएस६ कमर्सियल भेइकल र ठूला डिजेल प्यासेन्जर भेइकलमा अनिवार्य इन्जिन इन्टरलक संयन्त्र उपलब्ध गराइएको हुन्छ । जसअन्तर्गत डीईएफको स्तर समाप्त भएमा सवारी साधन सञ्चालन हुन सक्दैनन् ।

सम्बन्धित समाचारहरू

आज निर्वाचन : सवारी साधन सञ्चालनका लागि यस्तो छ व्यवस्था

आज निर्वाचन : सवारी साधन सञ्चालनका लागि यस्तो छ व्यवस्था

काठमाडौं – आज प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन भइरहेको छ । निर्वाचन...

इनड्राइभरको सेवा काठमाडौंमा शुरु : चालक तथा यात्रुलाई सोझै शुल्क मोलमोलाइको सुविधा

इनड्राइभरको सेवा काठमाडौंमा शुरु : चालक तथा यात्रुलाई सोझै शुल्क मोलमोलाइको सुविधा

काठमाडौं – अन्तर्राष्ट्रिय राइड हेलिङ सेवा इनड्राइभरले नेपालको सबैभन्दा...

आज  महाशिवरात्री : पशुपतिक्षेत्रमा सवारी प्रवेश निषेध, कस्तो छ ट्राफिक व्यवस्थापन?

आज  महाशिवरात्री : पशुपतिक्षेत्रमा सवारी प्रवेश निषेध, कस्तो छ ट्राफिक व्यवस्थापन?

महानगरिय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...