बीवाईडीको ब्राजिल प्लान्टले अर्जेन्टिना र मेक्सिकोबाट पायो १ लाख युनिट अर्डर

काठमाडौं–बीवाईडीको ब्राजिल प्लान्टले सञ्चालनमा आएको छोटो अबधीमै अजेन्टिना र मेक्सिकोबाट ठूलो अर्डर प्राप्त गरेको छ । बीवाईडीले ल्याटिन अमेरिकामा प्रगती गरिरहेको र अर्जेन्टिना तथा मेक्सिकोबाट १ लाख सवारीसाधनको अर्डर प्राप्त गरेको कम्पनीकी कार्यकारी उपाध्यक्ष स्टेला लीले बताएकी हुन् ।

बीवाईडीको ब्राजिल प्लान्ट जुलाई १, २०२५ देखी आधिकारिक रूपमा सञ्चालनमा आएको थियो । चिनियाँ मिडिया जाओबाओले उद्धृत गरेको रोयटर्सको रिपोर्ट अनुसार, अर्डर समान रूपमा विभाजित गरिएको छ । जसमा ५० हजार सवारी साधन अर्जेन्टिनाको लागि तोकिएको छ र अर्को ५० हजार सवारी साधन मेक्सिकोको लागि तोकिएको छ ।

बीवाईडीको ब्राजिल प्लान्टले वार्षिक १ लाख ५० हजार सवारीसाधन उत्पादन गर्ने क्षमता राख्दछ । जसलाई चरणबद्ध रूपमा बढाएर वार्षिक ६ लाख पुर्याउने लक्ष्य लिइएको छ । कम्पनीले हाल डल्फिन, किङ र सोङ प्रो सहित प्लग–इन हाइब्रिड र पूर्ण विद्युतीय सवारी साधन दुवै निर्माण गर्नेछ ।

ब्राजिलको राष्ट्रिय अटोमोटिभ डिलर्स संघका अनुसार बीवाईडीले गत वर्ष ब्राजिलमा १ लाख १३ हजार सवारी साधन बिक्री गर्दै चीन बाहिर कम्पनीको सबैभन्दा ठूलो बजार बनेको थियो । कम्पनीले ५३ मिलियन अमेरिकी डलर लगानी गरेर रियो दि जेनेरियोमा अनुसन्धान केन्द्र निर्माण गर्ने घोषणा समेत गरेको छ ।

सम्बन्धित समाचारहरू

नेपाल प्रिमियर लिग २०२४ को ‘ड्रिभन बाई’ सह–प्रायोजकमा ओमोडा एन्ड जेइको, गरियो एमओयु

नेपाल प्रिमियर लिग २०२४ को ‘ड्रिभन बाई’ सह–प्रायोजकमा ओमोडा एन्ड जेइको, गरियो एमओयु

काठमाडौँ – ओमोडा एन्ड जेइकोले नेपाल क्रिकेट संघ (क्यान)द्वारा आयोजना हुने...

५७ लाख मूल्यमा फोटोनको १५ सिटे इलेक्ट्रिक भ्यान नेपालमा, ८० प्रतिशत फाइनान्स सुविधा

५७ लाख मूल्यमा फोटोनको १५ सिटे इलेक्ट्रिक भ्यान नेपालमा, ८० प्रतिशत फाइनान्स सुविधा

काठमाडौं – फोटोनको हाई रुफ ईभी भ्यान नेपालमा सार्वजनिक गरिएको छ । एक...

१२ दिनपछि लन्च हुनेभयो टियागो इभी, लगत्तै नेपाल आउने संभावना

१२ दिनपछि लन्च हुनेभयो टियागो इभी, लगत्तै नेपाल आउने संभावना

टाटा मोटर्सको इभी लाइनअपमा सवैभन्दा सस्तो कार टियागो १२ दिनपछि अर्थात यसै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...