नागपोखरीमा खुल्यो याडियाको नयाँ सर्भिस सेन्टर

काठमाडौं–याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले आफ्नो नयाँ सर्भिस सेन्टर नागपोखरीमा खोलेको छ । ग्राहकलाई अझ राम्रो आफ्टर सेल्स सेवा प्रदान गर्ने उद्देश्यका साथ काठमाडौंको नागपोखरीमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

काठमाडौंको केन्द्रिय क्षेत्रमा रहेको सो नयाँ सर्भिस सेन्टरले याडिया स्कुटर प्रयोगकर्ताहरुलाई छिटो, प्रभावकारी र भरपर्दो मर्मत तथा सेवा सुबिधा प्रदान गर्ने लक्ष्य राखेको छ । यस केन्द्र सञ्चालनमा आएपछि ग्राहकले अव अझ सहज स्थानमा प्रविधिक सेवा तथा मर्मत सुबिधा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार, विगत ९ वर्षदेखी विश्वकै नम्वर १ इलेक्ट्रिक दुई पांग्रे सवारी ब्रान्डका रुपमा आफ्नो स्थान कायम राख्दै आएको याडियाले नेपाली बजारमा विभिन्न मोडलका प्रिमियम स्कुटर उपलब्ध गराउँदै आएको छ । यस ब्रान्डका भेलाक्स, ओविन तथा सबैभन्दा धेरै बिक्री हुने ई८एस प्रो मोडलले नेपाली उपभोक्ताबाट राम्रो प्रतिक्रिया पाइरहेका छन् ।

नागपोखरीमा खुलेको नयाँ सर्भिस सेन्टरले ग्राहक सेवालाई अझ सुदृढ बनाउने र याडिया प्रयोकर्ताहरुलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्ने विश्वास लिइएको छ । कम्पनीले आगामी दिनमा नेपालका अन्य प्रमुख शहरहरुमा पनि सर्भिस सेन्टर विस्तार गर्दै लैजाने योजना बनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...