ठूलो बडी र रियर ह्विल ड्राइभ प्लेटफर्ममा आउँदै एट्टो ३

काठमाडौं–बीवाईडीको चर्चित एसयूभी एट्टो ३ ठूलो बडी र रियर ह्विल ड्राइभ प्लेटफर्मममा आउने भएको छ । चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयमा गरिएको फाइलिङले यसबारे खुलासा गरेको हो ।

चीनमा युआन प्लस नामले बिक्री हुने यस एसयूभीमा नयाँ स्टाइल, ठूलो बडी र नयाँ रियर ह्विल ड्राइभ इलेक्ट्रिक प्लेटफर्म प्रयोग हुने पुष्टि भएको हो ।

नयाँ एट्टो ३ मा बीवाईडीले आफ्नो फिन ड्रिम्स ब्याट्री डिभिजनद्वारा आपूर्ति गरिएको लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गर्ने उल्लेख गरिएपनि ब्याट्री क्षमताबारे खुलासा गरिएको छैन । फाइलिङमा गाडीको गती १९० किलोमिटर प्रतिघण्टा रहने उल्लेख गरिएको छ ।

त्यसैगरी, ड्राइभर असिस्टेन्ट सिस्टमलाई थप प्रभावकारी बनाउन थप वैकल्पिक सेन्सर जडान गरिने बताइएको छ । नयाँ एट्टो ३ मा अबा अगाडिको रडार र फेन्डर माउन्टेड क्यामेराका साथ रुफ माउन्टेड लिडरलाई वैकल्पिक उपकरणका रुपमा राखिनेछ । ड्राइभर असिस्टेन्ट सिस्टमलाई शक्ति दिने कम्प्युटिङ प्लेटफर्मको विवरण भने स्रोतमा उल्लेख गरिएको छैन ।

नयाँ एटो ३ को लम्बाइ ४६६५ एमएम, चौडाइ १८९५ एमएम र उचाई १६७५ एमएम तथा ह्वीलबेस २७७० एमएम हुने उल्लेख गरिएको छ । नियामक फाइलिङ अनुसार, एसयूभीको कर्ब तौल १६९० किलोग्राम र कुल तौल २११५ किलोग्राम छ ।

एसयूभीको बाहिरी भागमा सिल्भर ग्रिल स्टायलको प्यानल र पातलो हेडल्याम्प युनिट सहितको पुनः डिजाइन गरिएको फ्रन्ट फेसिया उपलब्ध हुनेछ । तल्लो बम्परमा ठाडो रूपमा व्यवस्थित कुलिङ ओपनिङहरू र ट्रापेजोइडल सेन्ट्रल इन्टेक समावेश छ ।

नयाँ एट्टो ३ को रेन्ज र इन्टिेरियर फिचरबारे कुनै जानकारी बाहिर नल्याइएको भएपनि यसमा हाल उपलब्ध मोडलको तुलनामा निकै आधुनिक र सुबिधासम्पन्न क्याविन रहने अनुमान गरिएको छ । रेन्ज समेत ६०० किलोमिटर माथि रहने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

पुराना गाडीसँग बीवाईडीको नयाँ ईभी साट्न सकिने, माघ ९ देखि देशभर ‘एक्सचेन्च फेस्ट’ हुँदै

पुराना गाडीसँग बीवाईडीको नयाँ ईभी साट्न सकिने, माघ ९ देखि देशभर ‘एक्सचेन्च फेस्ट’ हुँदै

काठमाडौं– बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक...

एमपीभी सेगमेन्टमा बीवाईडी एम६ को दमदार इन्ट्री, एकै पटक १०० डेलिभरीले दिएको संकेत

एमपीभी सेगमेन्टमा बीवाईडी एम६ को दमदार इन्ट्री, एकै पटक १०० डेलिभरीले दिएको संकेत

काठमाडौं– निजी र व्यावसायिक दुवै प्रयोजनमा प्रयोग गर्न मिल्ने ७ सिटर...

भ्यालेन्टाइन डे अवसरमा बीवाईडीको एक्सक्लुसिभ फ्ल्यास सेल, एट्टो १ मा २ लाख छुट र अन्य अफर

भ्यालेन्टाइन डे अवसरमा बीवाईडीको एक्सक्लुसिभ फ्ल्यास सेल, एट्टो १ मा २ लाख छुट र अन्य अफर

काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले भोलि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...