हुन्डाई कोनामा ८० हजार छुट, स्क्र्याच मार्फत १ लाख र बम्परमा एक्स्टर जित्न सकिने
काठमाडौं– हुन्डाई गाडीको नेपालाका लागि आधिकारिक वितरक लक्ष्मी...
बीवाईडी एट्टो १ ईभी यो वर्षको फेब्रुअरी महिनामा इन्डोनेसियामा सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक कार बनेको छ ।
इन्डोनेसियाको अटो उद्योग संगठन गाइकाडोका अनुसार फेब्रुअरी महिनामा ३ हजार ७ सय युनिटी बीवाईडी एट्टो १ बिक्री भएको छ, जसले उक्त महिनामा सबैभन्दा धेरै बिक्री हुने नयाँ कारको सूचीमा शीर्ष स्थान ओगटेको हो।
सन् २०२६ मा एट्टो १ ले पहिलो पटक इन्डोनेसियाको बेस्ट–सेलर सूचीको शीर्ष स्थान हासिल गरेको हो। तर, यसको बजार प्रभाव यसअघि नै देखिन थालेको थियो। गत वर्ष जुलाईमा सार्वजनिक भएको यो एक्सिया–साइजको इलेक्ट्रिक ह्याचब्याकले २०२५ को अक्टोबर र नोभेम्बर महिनामा पनि बिक्री सूचीको पहिलो स्थान कब्जा गरेको थियो।
समग्रमा हेर्दा सन् २०२५ मा एट्टो १ इन्डोनेसियामा सबैभन्दा धेरै बिक्री हुने विद्युतीय कार बनेको थियो। उक्त वर्षमा यसको कुल २२ हजार ५८२ युनिट बिक्री भएको थियो, जसले समग्र कार बजारमा आठौं स्थान हासिल गरेको थियो।
फेब्रुअरीमा एट्टो १ को बिक्री जनवरीको तुलनामा ९ प्रतिशतले बढेको छ। जनवरीमा ३ हजार ३६१ युनिट बिक्री भएकोमा फेब्रुअरीमा बढेर ३ हजार ७ सय युनिट पुगेको हो। यद्यपि उक्त महिनामा समग्र बजारमा भने होन्डा ब्रियो सबैभन्दा धेरै बिक्री हुने कार बनेको थियो, जसका कारण एट्टो १ दोस्रो स्थानमा सीमित रह्यो।
विद्युतीय सवारीसाधनप्रति बढ्दो रुचिका कारण इन्डोनेसियाको अटो बजारमा बीईभी अर्थात ब्याट्री इलेक्ट्रिक भेइकल सेग्मेन्ट तीव्र गतिमा विस्तार भइरहेको देखिन्छ, जसमा एट्टो १ प्रमुख खेलाडीका रूपमा उभिएको छ।
चीनमा बीवाईडी सिगल भनिने एट्टो १ नेपाली बजारमा समेत उपलब्ध छ । इन्डोनेसिया र नेपालमा उही फिचर भएका ईभी पाइन्छन् । नेपालमा डाइनामिक र प्रिमियम गरी दुई भेरिएन्टका बीवाईडी एट्टो १ ईभी उपलब्ध छन् । डाइनामिकमा ३०.०८ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा २३० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । त्यसैगरी प्रिमियममा ३८.८८ किलोवाट आवरको ब्याट्री छ, जसले ३०० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । यी दुई भेरिएन्टको मूल्य क्रमशः २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रुपैयाँ छ ।
बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३।० मा बनेको र क्रान्तिकारी ब्लेड ब्याट्रीद्वारा सुसज्जित एट्टो १ मा सेल–टु–बडी ९सीटीबी० टेक्नोलोजी रहेको छ, जसले एकीकृत बनावट र गाडीको सुरक्षालाई मजबुत बनाएको छ, जुन ईभीका लागि विशेष रुपमा बनेको छ ।
काठमाडौं– हुन्डाई गाडीको नेपालाका लागि आधिकारिक वितरक लक्ष्मी...
काठमाडौं– इलेक्ट्रिक स्कुटर जेसिट्सको नेपालका लागि आधिकारिक वितरक एमभी...
डिजेल वा पेट्राेल भन्दा विद्युतीय गाडी अर्थात ईभी मर्मतकाे लागि कम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...