किया सेल्टोस फेसलिफ्टको रेकर्ड बुकिङ कायम, एकै दिनमा भयो यति धेरै बुकिङ
भारतमा किया सेल्टोस फेसलिफ्टको बुकिङ शुरु गरिएको छ । पहिलो दिनमै १३ हजार...
किया इन्डियाले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी सोनेटको अटोमेटिक भेरिएन्टको रेन्ज विस्तार गरेको छ। कम्पनीले डिजेल ६ स्पिड अटोमेटिक गियरबक्स र टर्बो पेट्रोल ७ स्पिड ड्युअल क्लच ट्रान्समिसनसहित नयाँ भेरिएन्ट थपेको घोषणा गरेको हो ।
शहरमा बढ्दो ट्राफिक र दैनिक यात्राको सहजताका कारण धेरै ग्राहकहरू अटोमेटिक कारतर्फ आकर्षित भइरहेका छन् । यसले चालकलाई गियर परिवर्तनको झन्झटबाट मुक्त गर्दै बढी आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्छ। यही मागलाई ध्यानमा राख्दै कियाले सोनेटको अटोमेटिक भेरिएन्टको रेन्ज विस्तार गरेको जनाएको छ।
अब १.५ लिटर डिजेल इन्जिन एचटीईओ, एचटीकेओ र एचटीके प्लस ओ भेरिएन्टमा ६ स्पिड अटोमेटिक गियरबक्ससँग उपलब्ध हुनेछ । त्यस्तै १.० लिटर टर्बो पेट्रोल इन्जिन एचटीकेओ र एचटीके प्लस ओ भेरिएन्टमा ७ स्पिड ड्युअल क्लच ट्रान्समिसनसँग उपलब्ध गराइएको छ । किया सोनेट १० लाख भारुभन्दा कम मूल्यमा ६ स्पिड अटोमेटिक र ७ स्पिड ड्युअल क्लच दुवै अटोमेटिक ट्रान्समिसन उपलब्ध गराउने आफ्नो सेगमेन्टको पहिलो एसयूभी बनेको छ।
कम्पनीका अनुसार डिजेल इन्जिन माइलेज र प्रदर्शनका लागि परिचित छ। अब अटोमेटिक गियरबक्स उपलब्ध भएसँगै ग्राहकहरूले शहर तथा राजमार्ग दुवैमा अझ सहज र आरामदायी ड्राइभिङ अनुभव प्राप्त गर्नेछन्। सन् २०२० मा बजारमा प्रवेश गरेदेखि किया सोनेट भारतको कम्प्याक्ट एसयूभी सेगमेन्टमा निकै लोकप्रिय मोडल बनेको छ। हालै सो एसयूभीको कुल बिक्री ५ लाख युनिटभन्दा बढी पुगेको छ ।
किया सोनेट विभिन्न भेरिएन्ट र ५ पावरट्रेन विकल्पसहित उपलब्ध छ । यसमा आकर्षक डिजाइन, आधुनिक टेक्नोलोजी र सुविधा सम्पन्न क्याबिन दिइएको छ। सेफ्टीका लागि सो एसयूभीमा १५ वटा स्ट्यान्डर्ड सेफ्टी फिचर, १० वटा एडास सुविधा र ७० भन्दा बढी कनेक्टेड कार सुविधा समावेश गरिएको छ ।
भारतमा किया सेल्टोस फेसलिफ्टको बुकिङ शुरु गरिएको छ । पहिलो दिनमै १३ हजार...
कोरियन कार निर्माता कम्पनी कियाले एसयूभी स्पोर्टेजको पाँचौ पुस्ता अर्थात...
काठमाडौं – नेपाली बजारमा कियाका विभिन्न सवारी साधनहरु कन्टिनेन्टल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...