रेनोको नयाँ कम्प्याक्ट एसयूभी ‘ब्रिजर’ कन्सेप्ट, सन् २०२७ मा उत्पादन सुरु हुने

रेनोले आफ्नो नयाँ कम्प्याक्ट एसयूभी ‘ब्रिजर’ को कन्सेप्ट मोडल पेश गरेको छ । सो नयाँ मोडल कम्पनीको पोर्टफोलियोमा थपिने कम्प्याक्ट एसयूभी हुनेछ, जसलाई भविष्यमा डस्टरभन्दा तलको स्थानमा राख्न सकिने सम्भावना रहेको बताइएको छ।

रेनोले ब्रिजर कन्सेप्टलाई अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरेर डिजाइन गरेको भए पनि भारत यसको प्रमुख बजारमध्ये एक हुने बताइएको छ। कम्पनीले यस एसयूभीको उत्पादन भारतमै गर्ने पुष्टि गरेको छ। कम्पनीका अनुसार यसको उत्पादन सन् २०२७ मा सुरु हुने अपेक्षा गरिएको छ र सोही वर्ष बजारमा उपलब्ध गराइने सम्भावना छ।

रेनो ब्रिजर सानो आकारको भए पनि यसको बाहिरी बनावट बलियो र आकर्षक बनाइएको छ। यसको फ्रन्टमा स्पष्ट बडी लाइनहरू र ग्रिलसम्म फैलिएका फराकिला लाइटिङ एलिमेन्ट देख्न सकिन्छ। साथै, चौडा ह्विल आर्च, उच्च ग्राउन्ड क्लियरेन्स र पछाडिको ढोकामा जडान गरिएको स्पेयर टायरले यसलाई परम्परागत एसयूभी जस्तो मजबुत उपस्थिति दिएको छ।

यसमा २०० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । साथै यसमा १८ इन्चका पाङ्ग्राहरू प्रयोग गरिएको छ ।गाडीको डिजाइनमा शार्प र सफा बडी लाइन प्रयोग गरिएको छ । कम्प्याक्ट आकारको भए पनि गाडीको भित्री स्थान पर्याप्त हुने कम्पनीको दाबी छ। विशेषगरी पछाडिका यात्रुहरूका लागि करिब २०० एमएम नी स्पेस उपलब्ध हुने बताइएको छ, जुन यस वर्गका एसयूभीका लागि राम्रो मानिन्छ। यसबाहेक, गाडीमा करिब ४०० लिटर क्षमताको बुट स्पेस पनि उपलब्ध हुनेछ ।

सो नयाँ मोडल रेनोको आरजीएमपी सानो मोड्युलर प्लेटफर्ममा निर्माण गरिनेछ। यही प्लेटफर्ममा नयाँ रेनो डस्टर पनि आधारित हुने बताइएको छ । सो प्लेटफर्मले विभिन्न प्रकारका पावरट्रेनलाई समर्थन गर्ने भएकाले विभिन्न बजारका आवश्यकता अनुसार पेट्रोल, हाइब्रिड वा इलेक्ट्रिक संस्करणमा पनि सो एसयूभी उपलब्ध हुन सक्ने सम्भावना रहेको छ।

सम्बन्धित समाचारहरू

क्विड ईभीको परिक्षण तिब्र, यस्तो छ विशेषता

क्विड ईभीको परिक्षण तिब्र, यस्तो छ विशेषता

फ्रेन्च अटो निर्माता रेनोले १ वर्षअघि सार्बजनिक गरेको क्विड ईभी अहिले...

रेनो क्विड तीन भेरिएन्टमा उपलब्ध : यस्तो छ नेपाली बजारमा रेनोका विभिन्न मोडलको मूल्य

रेनो क्विड तीन भेरिएन्टमा उपलब्ध : यस्तो छ नेपाली बजारमा रेनोका विभिन्न मोडलको मूल्य

काठमाडौं – नेपाली बजारमा रेनोका विभिन्न मोडल बिक्री भइरहेका छन् । नेपालका...

रेनोको नयाँ डस्टर चाँडै लन्च हुने, डिजाइनदेखि इन्जिनसम्म ठूला परिवर्तन

रेनोको नयाँ डस्टर चाँडै लन्च हुने, डिजाइनदेखि इन्जिनसम्म ठूला परिवर्तन

रेनोले भारतीय बजारमा आफ्नो लोकप्रिय एसयूभी मोडलको नयाँ संस्करण रेनो डस्टर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...