नाडाको नयाँ कार्यसमितीको सपथ ग्रहणका लागि कानुनी बाटो खुल्यो, अदालतद्वारा रिट खारेज

काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को विवाद अदालतले टुंगो लगाइदिएपछि नयाँ कार्यसमितीले वैधता पाएको छ । हालै सम्पन्न निर्वाचन प्रक्रियाविरुद्ध दायर गरिएको रिट निवेदन पाटन उच्च अदालतले खारेज गरेसँगै नयाँ कार्य समितिलाई सपथ गराएर काम गर्ने बाटो खुलेको हो । नाडाको साधारण सभाबाट सुरेन्द्र उप्रेतीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरिएको थियो ।

अदालतको यस निर्णयसँगै नाडाको नव–निर्वाचित कार्यसमितिको शपथ ग्रहणका लागि कानुनी बाटो खुलेको छ । निर्वाचनसम्बन्धी विषय अदालतमा विचाराधीन रहेकाले नाडाले न्यायालयप्रतिको सम्मान तथा विधिको शासनप्रतिको प्रतिबद्धता जनाउँदै नव–निर्वाचित कार्यसमितिको औपचारिक शपथग्रहण कार्यक्रम अस्थायी रुपमा स्थगित गरेको थियो ।

पाटन उच्च अदालतबाट रिट निवेदन खारेज भएको निर्णय प्राप्त भएसँगै उक्त विषयसँग सम्बन्धित कानुनी अवरोध समाप्त भएको नाडाले जनाएको छ । संस्थाका अनुसार अब नव–निर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम संस्थाको विधान र स्थापित प्रक्रियाअनुसार निकट भविष्यमा सम्पन्न गरिने छ ।

नाडाले अदालतको निर्णयप्रति सम्मान व्यक्त गर्दै उक्त निर्णयले विवादित विषयमा स्पष्टता ल्याएको र संस्थालाई थप स्थिरता तथा एकताका साथ अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

संस्थाले सदस्य, सरोकारवाला निकाय तथा साझेदार संस्थासँग सहकार्य गर्दै नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकास, नीतिगत संवाद र उद्योगमैत्री वातावरण सुदृढीकरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत ब्यक्त गरेको छ ।

करिब पाँच दशकदेखि क्रियाशील नाडाले नेपालमा अटोमोबाइल उद्योगको विकास, प्रवद्र्धन, नीतिगत सहकार्य तथा सरोकारवालाबीच समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

अटोमोवाइल व्यवसायीहरुले भेटे अर्थमन्त्रीलाई, समस्याको समाधान गर्न सरकार तयार

अटोमोवाइल व्यवसायीहरुले भेटे अर्थमन्त्रीलाई, समस्याको समाधान गर्न सरकार तयार

नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वको टोलीले हिजो उपप्रधानमन्त्री तथा...

धनगढीका मेयर गोपाल हमालको रोजाइमा स्काइवेल ईभी, ब्रान्ड र रेन्जको आकर्षण

धनगढीका मेयर गोपाल हमालको रोजाइमा स्काइवेल ईभी, ब्रान्ड र रेन्जको आकर्षण

काठमाडौं – धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको रोजाइमा स्काइवेल ईभी...

एलसी खोल्ने कार्यलाई निरन्तरता दिन नाडाको आग्रह

एलसी खोल्ने कार्यलाई निरन्तरता दिन नाडाको आग्रह

काठमाडौं – नाडाले नेपालमा अटोमोवाइल क्षेत्रको योगदान र यस व्यवसायमा देखा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...