ट्रायम्फले भारतमा बेच्यो १ लाख युनिट मोटरसाइकल, नेपालमा लोकप्रिय बन्दै

ट्रायम्फले भारतमा १ लाख युनिट मोटरसाइकल बिक्री गरेर एक प्रमुख माइलस्टोन पार गरेको छ । यो घोषणा देशमा उत्पादन र वितरणको लागि जिम्मेवार ट्रायम्फको रणनीतिक साझेदार बजाज अटोले गरेको हो ।

२०२३ को दोस्रो त्रैमासिकमा बजाज–ट्रायम्फ साझेदारी सुरु भएको लगभग २.५ वर्ष पछि कम्पनीले यो उपलब्धी हासिल गरेको हो । बजाज अटोका अनुसार यस उपलब्धीले भारतीय बजारमा प्रिमियम मोटरसाइकल ब्रान्डको द्रुत वृद्धिलाई प्रकाश पारेको छ ।

साझेदारी सुरु भएदेखि ट्रायम्फले बजाज अटोका उत्पादन क्षमता, अनुसन्धान र विकास विशेषज्ञता र व्यापक वितरण नेटवर्कको लाभ उठाएर भारतमा आफ्नो उपस्थिति उल्लेखनीय रूपमा विस्तार गरेको छ । हाल ट्रायम्फको उपस्थिति भारतभरका २०० भन्दा बढी शहरमा फैलिएको छ, जसलाई २३० भन्दा बढी डिलरशिप र स्टोरहरूको नेटवर्कले समर्थन गरेको छ ।

भारतमा उत्पादित ट्रायम्फको ४०० सीसी लाइनअपका मोटरसाइकलले घरेलु माग पुरा गर्नुको साथै अन्तर्राष्ट्रिय बजारमा समेत बलियो उपस्थिती जनाएको छ । हाल, भारतमा निर्मित ट्रायम्फ मोटरसाइकल नेपाल, जापान, अष्ट्रेलिया, मेक्सिको, ताइवान र दक्षिण कोरिया सहित विश्वभरका १८ देशहरूमा निर्यात हुँदै आएको छ।

कम्पनीले भारतमा आफ्नो पोर्टफोलियोलाई थप विस्तार गर्ने तयारी गरिरहेको छ । हालै, बजाज अटोका एमडी तथा सीईओ राजीव बजाजले अप्रिलमा ट्रायम्फ ३५० सीसी मोटरसाइकलहरूको नयाँ रेन्ज लन्च हुने पुष्टि गरेका छन् ।

ट्रायम्फ नेपाली बजारमा समेत लोकप्रिय बनिरहेको मोटरसाइकल ब्रान्ड हो । नेपाली बजारमा यसले एक प्रिमियम मोटरसाइकलका रुपमा आफ्नो छबी वलियो बनाउँदै लगेको छ । स्पिड ४००, स्क्र्याम्बलर ४०० एक्स र स्क्र्याम्बलर ४०० एक्ससी गरी कुल तीन भेरिएन्टमा उपलब्ध यी बाइकको मूल्य क्रमशः ६ लाख ६० हजार, ७ लाख १५ हजार र ८ लाख रुपैयाँ पर्छ ।

सम्बन्धित समाचारहरू

एफआई इन्जिन लगायतका विशेषता भएको पल्सर एन१५० को मूल्य तोकियो ३ लाख ६० हजार

एफआई इन्जिन लगायतका विशेषता भएको पल्सर एन१५० को मूल्य तोकियो ३ लाख ६० हजार

काठमाडौं – नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

पटक पटक बढेको बजाज बाइकको मूल्य नयाँ वर्ष पश्चात फेरि बढ्यो

पटक पटक बढेको बजाज बाइकको मूल्य नयाँ वर्ष पश्चात फेरि बढ्यो

काठमाडौं – २०७७ सालमा पटक पटक बढेको बजाज बाइकको मूल्य नयाँ वर्ष २०७८ पश्चात...

बजाज खुशीको तीन डोजको विजेता घोषणा, गुप्ताले पाए १० लाख नगद

बजाज खुशीको तीन डोजको विजेता घोषणा, गुप्ताले पाए १० लाख नगद

काठमाडौं – नेपालका लागि बजाजको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...