नेपालमा नयाँ बजाज पल्सर १५० को खुल्यो बुकिङ, मूल्य र फिचर यस्तो

काठमाडौं नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले नेपाली बजारका लागि नयाँ बजाज पल्सर १५० को बुकिङ खुला गरेको छ । भारतीय बजारमा केही महिना पहिले उपलब्ध सो बाइक नेपाली बजारका लागि भने अब उपलब्ध भएको हो ।

बजाज अटोले गत डिसेम्बर महिनामा नयाँ एलईडी लाइट र ग्राफिक्सका साथ अपडेट गरेको सो मोडल अब नेपालमा पनि उपलब्ध भएको हो । यसमा भएका एलईडी हेडलाइट र एलईडी टर्न ब्लिंकरले बाइकको सुन्दरता बढाउनुका साथै खराब मौसमको समयमा राइडिङ सुरक्षित गराउन भूमिका खेल्छन् । त्यसैगरी यसको नयाँ आकर्षक कलर र ग्राफिक्सले धेरैलाई लोभ्याउने बताइएको छ ।

त्यसैगरी यो बाइकमा सिंगल च्यानल एबीएस, फुल्ली डिजिटल कन्सोल लगायतका फिचर समेत रहेका छन् । यसमा पहिले जस्तै इन्धन ट्यांकी, क्लिप अन ह्याण्डलबार, स्प्लिट सिट, अलोय ह्विल र एक्जस्ट रहेको छ ।

बाइकमा पहिलेकै जस्तो १४९.५ सीसीको एफआई बीएस६ इन्जिन छ, जुन डीटीएस–आई टेक्नोलोजीयुक्त छ । यसले १४ पीएस पावर र १३.२५ एनएम टर्क जेनेरेट गर्छ ।

बजाज पल्सर नेपालमा पनि धेरै बिक्री हुने मोटरसाइकल हो । सन् २०१० पश्चात बजाज अटोले यो बाइकमा सबैभन्दा ठूलो परिमार्जका साथ यसलाई बजारमा ल्याएको बताइएको छ । भारतमा यसको मूल्य १ लाख ८ हजार भारु तोकिएको छ । नेपालमा यसको मूल्य ३ लाख ५५ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

बजाजले ३५० सीसी सेगमेन्टमा नयाँ बाइक ल्याउने, रोयल इन्फिल्डसँग प्रतिस्पर्धा हुने

बजाजले ३५० सीसी सेगमेन्टमा नयाँ बाइक ल्याउने, रोयल इन्फिल्डसँग प्रतिस्पर्धा हुने

बजाजले ३५० सीसी सेगमेन्टमा रोयल इन्फिल्डसँग प्रतिस्पर्धा गर्न बेलायतको...

राइड प्रेमीका लागि बजाजको डोमिनार डे, आकर्षक अफर र सुविधाहरू उपलब्ध

राइड प्रेमीका लागि बजाजको डोमिनार डे, आकर्षक अफर र सुविधाहरू उपलब्ध

काठमाडौं – बजाजले बहुप्रतिक्षित डोमिनार डे सुरु भएको घोषणा गर्दै सबै...

रिकन्डिसनमा सर्बाधिक खोजी हुने मोटरसाइकलमा यामाहा एफजीले उछिन्यो बजाज पल्सरलाई

रिकन्डिसनमा सर्बाधिक खोजी हुने मोटरसाइकलमा यामाहा एफजीले उछिन्यो बजाज पल्सरलाई

बजाज र यामाहाका मोटरसाइकल नेपाली बजारमा सर्बाधिक बिक्री हुने ब्रान्डमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...