आज निर्वाचन : यात्रु सुविधाका लागि पर्यटन बोर्डको निःशुल्क सटल बस

काठमाडौं - निर्वाचनका दिन यात्रुहरूको आवागमन सहज बनाउन नेपाल पर्यटन बोर्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौं उपत्यकाका विभिन्न स्थानबीच निःशुल्क सटल बस सेवा सञ्चालन गरेको छ।

पर्यटन बोर्डका अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरूलाई लक्षित गर्दै विमानस्थलदेखि उपत्यकाका प्रमुख पर्यटकीय होटल तथा मुख्य क्षेत्रसम्म बस सेवा उपलब्ध गराइएको हो। उक्त सेवा बिहान ५ बजेदेखि सुरु भई साँझ ७ बजेसम्म सञ्चालन हुने बताइएको छ।

निर्वाचनका कारण सवारी साधन सञ्चालनमा सम्भावित असहजता हुन सक्ने भएकाले यात्रुहरूको आवतजावत सहज बनाउन तीन वटा छुट्टाछुट्टै मार्गमार्फत बस सेवा सञ्चालन गरिएको बोर्डले जनाएको छ।

पहिलो मार्गमा नेपाल वायुसेवा निगम, न्युरोड, कान्तिपथ, ठमेल, लैनचौर, मल्ल होटल, नयाँबजार, शंकर होटल, र्‍याडिसन, दरबारमार्ग, याक एन्ड यति, नागपोखरी, गौशाला हुँदै द्वारिका होटलबाट विमानस्थलसम्म सेवा सञ्चालन हुनेछ। त्यस्तै दोस्रो मार्ग महाराजगञ्ज चोक, नारायणथान, धुम्बाराहीस्थित रामाडा होटल, चाबहिल, बौद्धस्थित हायात रीजेन्सी, जोरपाटी हुँदै गौशाला भएर विमानस्थलसम्म पुग्नेछ।

तेस्रो मार्ग कुपण्डोल, हिमालयन होटल, त्रिपुरेश्वर, कलंकी, सोल्टी, एकान्तकुना, सातदोबाटो, ग्वार्कोस्थित रोयल टुलिप, तीनकुने र नयाँ बानेश्वर हुँदै एभरेष्ट होटलबाट विमानस्थलसम्म सञ्चालन गरिनेछ। पर्यटन बोर्डका निमित्त निर्देशक सुनील शर्माले निर्वाचनका दिन यात्रुहरूले समयमै विमानस्थल पुग्न तथा सुरक्षित आवागमनका लागि सटल बस सेवा उपयोग गर्न आग्रह गरेका छन्।

सम्बन्धित समाचारहरू

‘पठाओ सुपरफेस्ट-२०२३’ शुरू हुँदै, एलियन देखिनुको रहस्य खुल्यो

‘पठाओ सुपरफेस्ट-२०२३’ शुरू हुँदै, एलियन देखिनुको रहस्य खुल्यो

काठमाडौँ – अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसरमा पठाओ नेपालले ‘पठाओ...

नारायणगढ–बुटवल सडक विस्तारले गति लिँदै, २८ प्रतिशत प्रगति

नारायणगढ–बुटवल सडक विस्तारले गति लिँदै, २८ प्रतिशत प्रगति

काठमाडाैं – लामो समयदेखि निर्माण सुस्त रहेको नारायणगढ–बुटवल सडक...

विश्वको दोस्रो राइड–हेलिङ एप इनड्राइभ नेपालमा बन्यो ट्राभल र नेभिगेसनमा पहिलो

विश्वको दोस्रो राइड–हेलिङ एप इनड्राइभ नेपालमा बन्यो ट्राभल र नेभिगेसनमा पहिलो

काठमाडौं – विश्वका विभिन्न ४८ देशहरूमा सञ्चालन भइरहेको ग्लोबल मोबिलिटी र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...