डोङफेङ ‘नामी’ ईभीको ब्याट्री र मोटरमा अब ११ वर्ष वा २,५०,००० किमीको एक्सटेन्डेड  वारेन्टी

काठमाडौं - नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक आयातकर्ता तथा वितरक एमएडब्लु वृद्धि मोटर्स प्रालिले नामी बक्स र नामी भिगोका लागि 'एमएडब्लु वृद्धि एक्सटेन्डेड वारेन्टी कार्यक्रम' सार्वजनिक गरेको छ।

डोङफेङका ईभी सवारी साधनहरूमा ब्याट्री र मोटरमा ८ वर्ष वा २ लाख किलोमिटर (जुन पहिले आउँछ) को स्ट्यान्डर्ड उत्पादक वारेन्टी उपलब्ध छ। अब एमएडब्लु वृद्धिको एक्सटेन्डेड वारेन्टी कार्यक्रम मार्फत ग्राहकहरूले ब्याट्री र मोटरमा कुल ११ वर्ष वा २ लाख ५० हजार किलोमिटर (जुन पहिले आउँछ) सम्मको वारेन्टी कभरेज प्राप्त गर्नेछन्। यसले ईभी स्वामित्वलाई अझ बढी ढुक्क र चिन्तामुक्त बनाउने कम्पनीको भनाइ छ । यो एक्सटेन्डेड वारेन्टीले नेपालमा भरपर्दो र ग्राहक-केन्द्रित ईभी इकोसिस्टम निर्माण गर्ने एमएडब्लु वृद्धिको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

"हाम्रो हरेक कार्यको केन्द्रमा ग्राहकहरू हुनुहुन्छ," एमएडब्लु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, "यो एक्सटेन्डेड वारेन्टी नामीका ग्राहकहरूका लागि थप मानसिक शान्ति, स्वामित्वको आत्मविश्वास र सुरक्षित ईभी अनुभव सुनिश्चित गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम हो।"

डोङफेङ मोटर कर्पोरेसन चीनको प्रतिष्ठित "बिग फोर" सरकारी स्वामित्वका अटोमोबाइल निर्माताहरू मध्ये एक हो। सन् १९६९ मा स्थापना भएको यस कम्पनीसँग पाँच दशकभन्दा बढीको उद्योग अनुभव छ। 'गुणस्तर, बौद्धिकता र सद्भाव'को मुख्य मूल्यहरूद्वारा निर्देशित डोङफेङले विश्वका १०० भन्दा बढी देशहरूमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ। डोङफेङ फर्च्युन ग्लोबल ५०० कम्पनीको रूपमा समेत चिनिन्छ।

ग्राहकहरूले एमएडब्लु वृद्धि एक्सटेन्डेड वारेन्टी कार्यक्रमका लागि डोङफेङ नेपालको आधिकारिक वेबसाइट मार्फत दर्ता गर्न सक्नेछन्।

सम्बन्धित समाचारहरू

म्यानुअल गियर भएको कार ड्राइभ गर्दा नगर्नुस् यस्ता गल्ती

म्यानुअल गियर भएको कार ड्राइभ गर्दा नगर्नुस् यस्ता गल्ती

अटोमेटिक कार अहिले लोकप्रिय भइसकेको छ । अटोमेटिक गियरका कारण बारम्बार...

मर्सिडिज बेन्ज नेटवर्कबाट डिजाइन गरिएको र जिलीद्वारा विकास गरिएको नयाँ ईभी नेपाली बजारमा

मर्सिडिज बेन्ज नेटवर्कबाट डिजाइन गरिएको र जिलीद्वारा विकास गरिएको नयाँ ईभी नेपाली बजारमा

सीजी मोटर्सले नयाँ स्मार्ट ३३ नेपाली बजारमा उपलब्ध गराएको छ । विश्वमै...

बीवाइडीको प्राथमिकतामा नेपाली बजार, ठूलो संख्यामा एट्टो–३ नेपाल पठाउँदै

बीवाइडीको प्राथमिकतामा नेपाली बजार, ठूलो संख्यामा एट्टो–३ नेपाल पठाउँदै

विश्वकै अग्रणी इभी निर्माता बीवाइडीले नेपाली बजारलाई प्राथमिकतामा राख्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...