मध्यपूर्व द्वन्द्वले चिनियाँ अटो निर्यातमा बाधा, दुबईमार्फत हुने निर्यातमा ठूलो धक्का

मध्यपूर्वमा द्वन्द्व तिव्र हुँदै जाँदा चिनियाँ अटोमेकरहरूले आफ्नो निर्यात सञ्चालनमा अवरोधहरू अनुभव गरिरहेका छन् । द्वन्द्वले इरान जस्ता देशहरूमा प्रत्यक्ष बिक्रीमात्र नभई मध्यपूर्व, पश्चिम अफ्रिका र उत्तर अफ्रिकी बजारमा दुबई हुँदै जाने महत्त्वपूर्ण ट्रान्सशिपमेन्ट मार्गहरूलाई समेत असर गरेको छ ।

धेरै चिनियाँ कार कम्पनीहरूले दुबईलाई अन्य मध्यपूर्वी बजारहरू वा पश्चिम र उत्तर अफ्रिकामा पुग्न ट्रान्सशिपमेन्ट हबको रूपमा प्रयोग गर्दै आएका छन् । अमेरिाक–इजरायल र इरान द्वन्द्वका कारण यो ट्रान्जिट बिन्दु असुरक्षित भएकाले सम्पूर्ण सञ्चालन प्रभावित बनेको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) २०२५ मा मेक्सिको र रुसपछि चीनको तेस्रो ठूलो अटोमोटिभ निर्यात गन्तव्यको रूपमा देखा परेको छ । चाइना प्यासेन्जर कार एसोसिएसनका अनुसार गत वर्ष चीनले यूएईमा ५ लाख ६७ हजार युनिट कार निर्यात गरेका थियो, जुन अघिल्ले वर्षको तुलनामा ७० प्रतिशतले बढि हो ।

मार्च १ मा जेबेल अली बन्दरगाहमा आक्रमण भएपछि अवस्था बिग्रिएको र अस्थायी रूपमा बन्द भएको छ । यहि बन्दरगाहमार्फत विश्वका विभन्न देशहरुमा चिनियाँ गाडी निर्यात गरिँदै आएको थियो ।

चाइना प्यासेन्जर कार एसोसिएसनका अनुसार यसको प्रभाव युरोपेली बजारहरूमा पनि फैलिएको छ । युरोपेली संघले अटोमोबाइलको लागि चीनको तेस्रो ठूलो क्षेत्रीय निर्यात बजारको प्रतिनिधित्व गर्दछ । २०२५ मा युरोपली संघमा मात्रै चीनले १३ लाख युनिटभन्दा बढी सवारी साधनहरू निर्यात गरेको थियो ।

सम्बन्धित समाचारहरू

नेपालमै पहिलोपटक २२ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै, खुल्यो बुकिङ

नेपालमै पहिलोपटक २२ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै, खुल्यो बुकिङ

काठमाडौं – शशिला मोटर्स प्रालिले भेन्चे (Vanche) ब्रान्डको २२ सिट क्षमताको नयाँ...

चिनियाँ ब्रान्डसँग प्रतिस्पर्धा गर्न पेरोडुवाको नयाँ रणनीतिः आफ्टर सेल्स र रिसेल भ्यालुमा केन्द्रित

चिनियाँ ब्रान्डसँग प्रतिस्पर्धा गर्न पेरोडुवाको नयाँ रणनीतिः आफ्टर सेल्स र रिसेल भ्यालुमा केन्द्रित

मलेसियाको सबैभन्दा ठूलो अटो निर्माता कम्पनी पेरोडुवाले आफ्ना ईभी फेरि...

भारतमा इलेक्ट्रिक स्कुटर बजार : प्योर ईभी चौथो नम्बरमा उक्लियो, यस्तो छ नेपालमा अवस्था

भारतमा इलेक्ट्रिक स्कुटर बजार : प्योर ईभी चौथो नम्बरमा उक्लियो, यस्तो छ नेपालमा अवस्था

भारतमा पहिलो पटक एकै वर्षमा १ लाख बढी युनिट इलेक्ट्रिक टु ह्विलर बिक्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...