लुयान नेपालले ल्यायो होली अफर, १५ हजारसम्म नगद छुट

काठमाडौं - लुयान नेपालले होली पर्वको उपलक्ष्यमा नगद छुटको अफर सञ्चालन गरेको छ ।

लुयान नेपालले बिक्री गर्ने सारथी ब्रान्डकाे विँगर र इकुटर स्कुटरको नगद खरिदमा रु. १५ हजारसम्मको छुटको व्यवस्था गरेको छ भने लुयान एमएनके३ प्रो स्कुटरको खरिदमा १० हजारसम्मको छुटको व्यवस्था गरेको छ ।
नगद छुटसँगै एउटा प्रिमियम हेलमेट र रेनकोट पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसका लागि कम्पनीको मुख्य शोरुम नागपोखरी, नक्साल तथा अन्य शोरुमबाट स्कुटर खरिद गर्न सकिनेछ ।

कम्पनीले नेपाली बजारमा विगत ७ बर्षदेखि विभिन्न इलेक्ट्रिक स्कुटरहरुको बिक्री र बिक्रीपछिको सेवा दिँदै आइरहेको छ ।

नेपाली बजारमा गुणस्तरीय स्कुटर सुपथ मुल्यमा दिने कम्पनीको रुपमा लुयान नेपाल परिचित छ । नेपालका डेडिकेटेड इलेक्ट्रिक स्कुटर कम्पनीहरुमा सबैभन्दा बढी सर्भिस सेन्टर र चार्जिङ सेन्टर पनि लुयान नेपालकै भएकाे बताइएको छ ।

१ लाख ४० हजार देखि लिएर २ लाख ६१ हजार रुपैयाँ सम्मका इलेक्टिक स्कुटर बिक्री गर्दै आइरहेको यो कम्पनीले आउँदो नयाँ बर्षमा लामो रेन्ज दिने इलेक्ट्रिक स्कुटर लञ्च गर्ने योजना बनाएको जनाएको छ ।

करिब ३ सय किलोमिटर रेन्ज दिने उक्त स्कुटरको लागि अहिले परीक्षण चलिरहेको बताइएको छ ।

सम्बन्धित समाचारहरू

एयरब्याग कसरी र कहिले सक्रिय हुन्छन् ? यस्तो छ आधुनिक ईभीमा हुने सुरक्षा सम्बन्धी संयन्त्र

एयरब्याग कसरी र कहिले सक्रिय हुन्छन् ? यस्तो छ आधुनिक ईभीमा हुने सुरक्षा सम्बन्धी संयन्त्र

कुनै पनि सवारी साधनमा हुने एयरब्यागले सुरक्षाका लागि महत्वपूर्ण भूमिका...

जीओ अटोमोबाइल्सले ल्यायो एमजीका गाडी नेपालमा, १८ लाख ७५ हजारमा कमेट ईभी, विन्डसर ईभीको कति ?

जीओ अटोमोबाइल्सले ल्यायो एमजीका गाडी नेपालमा, १८ लाख ७५ हजारमा कमेट ईभी, विन्डसर ईभीको कति ?

काठमाडौं – नेपालका लागि जेएसडब्लु एमजी मोटर इन्डियाको आधिकारिक वितरकको...

यामाहाको ‘म्याक्सी स्पोर्ट्स’ स्टाइलको पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स लन्च

यामाहाको ‘म्याक्सी स्पोर्ट्स’ स्टाइलको पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स लन्च

यामाहा मोटरले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स लन्च गरेको छ । सो मोडल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...