मार्च ५ मा एकसाथ ५ नयाँ प्रविधि लन्च गर्दै बीवाईडी

बीवाईडीले एकसाथ ५ नयाँ प्रविधि लन्च गर्ने तयारी गरेको छ । कम्पनीले मार्च ५ मा एक प्रविधि लन्च कार्यक्रम आयोजना गर्न लागेको हो । जसमा मेगावाट फ्ल्यास चार्जिङ २.०, दोस्रो पुस्ताको ब्लेड ब्याट्री, डीएम ६.० हाइब्रिड सिस्टम र गड्स आई ५.० ड्राइभर एसिस्टेन्स रहेका छन् ।

अटो होमका अनुसार, मार्च ५ को कार्यक्रमले लगातार १८ महिनाको वृद्धि पछि बीवाईडीको नोभेम्बर २०२५ देखि जनवरी २०२६ को बिक्री संकुचनलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

मेगावाट चार्जिङ २.०
बीवाईडीले २०२६ मा ४ हजार भन्दा बढी फास्ट–चार्जिङ स्टेशनहरू निर्माण गर्ने योजना बनाएको छ । यस मेगावाट चार्जरले मार्च २०२५ मा प्रस्तुत गरिएको पहिलो पुस्ताको १,००० किलोवाट चार्जरहरूको तुलनामा ५० प्रतिशत बढी पावर प्रदान गर्ने बताइएको छ । यस चार्जरको प्रयोगले १ सेकेन्डमा २ किलोमिटर गुड्न सकिने चार्ज प्राप्त हुनेछ भने ५ मिनेटमा ४०० किलोमिटर रेन्ज पाइने दाबी गरिएको छ ।

दोस्रो पुस्ताको ब्लेड ब्याट्री
बीवाईडीले लन्च गर्न लागेको दोस्रो पुस्ताको ब्लेड ब्याट्रीले पहिलो पुस्ताको १४०–१५० वाटआवर प्रति किलोग्राम इनर्जी डेन्सिटीको तुलनामा १९० देखि २१० वाटआवर प्रति किलोग्राम इनर्जी डेन्सिटी प्राप्त गर्ने अपेक्षा गरिएको छ । बीवाईडीले यस ब्याट्रीबाट १५ प्रतिशत लागत घटाउने लक्ष्य राखेको छ । ३०० हजार भन्दा बढी चार्जिङ साइकलका लागि इन्जिनियरिङ गरिएको ब्लेड २.० ब्याट्री जडित सवारी साधनको आयु १२ लाख किलोमिटर रहने जनाइएको छ । ब्लेड २.० जडित प्रिमियम मोडलले १,००० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने अपेक्षा गरिएको छ ।

डीएम ६.० र गड्स आई ५.०
बीवाईडीले लन्च गर्न लागेको पाँचौं पुस्ताको डीएम–आई प्लग–इन हाइब्रिड सिस्टमले प्रति २.९ लिटर पेट्रोल खपतमा १०० किलोमिटर माइलेज प्रदान गर्ने दाबी गरिएको छ । साथै, यसको इलेक्ट्रिक र इन्धनको संयुक्त रेन्ज २००० किलोमिटर हुनेछ । त्यसैगरी गड्स आई ५.० ले सुरक्षामा क्लोज्ड–लूप एन्ड–टु–एन्ड कन्ट्रोल गर्ने अपेक्षा गरिएको छ । कम्पनीले यसअघि नै ल्याइसकेको गड्स आई हालसम्म २३ लाख भन्दा बढी कारमा जडान भइसकेको छ ।

फ्ल्यास चार्जिङ
बीवाईडीले हालकै दिनहरुमा सामाजिक सञ्जालमार्फत फ्ल्यास चार्जिङबारे विभिन्न विवरणहरु सार्वजनिक गरिरहेको छ । कम्पनीले आफ्नो डेडिकेटेड फ्ल्यास चार्जिङलाई परीक्षण सवारी साधन देखाएको हो, जसले आगामी मोडलहरूमा अल्ट्रा–फास्ट चार्जिङले प्राथमिकता पाउने प्रष्ट पारेको छ ।

सम्बन्धित समाचारहरू

नेपालकै पहिलो प्रिमियम ७ सिटर एमपीभी बीवाईडी एम६ को बुकिङ खुला भएको घोषणा

नेपालकै पहिलो प्रिमियम ७ सिटर एमपीभी बीवाईडी एम६ को बुकिङ खुला भएको घोषणा

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बहुप्रतीक्षित...

साइमेक्स ईकले शुरु ग-यो ग्राहकलाई १०० किलोवाट क्षमताको बीवाईडी एट्टो ३ डेलिभरी

साइमेक्स ईकले शुरु ग-यो ग्राहकलाई १०० किलोवाट क्षमताको बीवाईडी एट्टो ३ डेलिभरी

काठमाडौं – नेपाली ग्राहकले १०० किलोवाट क्षमताको बीवाईडी एट्टो ३ को...

बीवाईडीको प्रिमियम सब-ब्रान्ड याङवाङको ईभीले कायम ग-यो ईभीमा नयाँ स्पिड रेकर्ड

बीवाईडीको प्रिमियम सब-ब्रान्ड याङवाङको ईभीले कायम ग-यो ईभीमा नयाँ स्पिड रेकर्ड

बीवाईडीको प्रिमियम सब–ब्रान्ड याङवाङले ग्लोबल इलेक्ट्रिक भेइकल (ईभी) मा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...