चलचित्र ‘मितज्यू’ को फस्टलुक्स सार्वजनिक, गुडिरहेको जिप अगाडि दुई अभिनेताको शक्ति प्रदर्शन

काठमाडौं - आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मितज्यू’ को फस्टलुक्स शुक्रवार सार्वजनिक भएको छ ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरलाई देख्न सकिन्छ । ग्रामीण परिवेश र सामाजिक द्वन्दको झल्को देखिन्छ ।

पहाडी पृष्ठभूमिमा गुडिरहेको जिपको अगाडि दुई पुरुष दयाहाङ राई र सौगात मल्लबीच शक्ति प्रदर्शन झल्किने शैलीमा पञ्जा जुधाइरहेको दृश्य प्रस्तुत गरिएको छ भने जिपको बोनटमाथि परम्परागत पहिरनमा तेरिया फौजा मगर गम्भीर मुद्रामा बसेकी देखिन्छिन् । पोस्टरले पारिवारिक सम्बन्ध, अहंकार र सामाजिक टकरावको कथावस्तु संकेत गरेको अनुमान गर्न सकिन्छ ।

साथै गाडीको हुडमा कोसेलीका स्वरुपमा सुँगुर, राडीपाखी, तरकारी राखिएको देख्न सकिन्छ । उनीहरु कतै बसाईँ सरेका हुन कि जस्तो पनि लाग्छ । साथै छेउमा डोको र गाग्री पनि देख्न सकिन्छ । यसले दर्शकमाझ उनीहरुको लडाईँ र तेरियाको त्यो बिरक्त लाग्दो अनुहारले दर्शकमाझ कौतुहलता जगाउने देखिन्छ। जुन फिल्मको बलियो पक्ष हो ।

उनीहरुबीचको लडाई तेरियाको लागि हो की या अरु कुनैको लागि हो त्यो भने टीजर र ट्रेलरमा देख्न सकिएला । तर यो पोस्टरले भने उनीहरुबीचको लडाइँ के को हो ? दर्शकमाझ कौतुहलता जगाउन सफल भएको छ ।

अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहेको ‌छ । यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन् ।

यस फिल्मलाई जनक घर्ती मगरले लगानी गरेका हुन् । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मको , सम्पादक लोकश बज्राचार्य, छायाकार शिशिर बिशंखे हुन भने कार्यशाला भोलाराज सापकोटाले गरेका छन् ।

प्रोडक्सन म्यानेजर धन बहादुर राई (भान्जा) ले गरेका हुन् भने फिल्मको मुख्य सहायक निर्देशकको जिम्मा फिरोज खड्काको छ । सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई रहेका छन् । प्रोडक्सन डिजाइनर किशोर नेपाल, ड्रेस डिजाइनर संगीता रोका मगर,प्रतीक्षा भाट क्षेत्री हुन् ।

त्यसै गरि यो फिल्ममा द्वन्द्व निर्देशन प्रभात विष्टको छ भने साउन्ड डिजाइनर नवीन श्रेष्ठले गरेका छन् । संगीत श्रीकृष्ण बम मल्लको रहने छ । फिल्मका गीतमा संगीतकार मल्ल, मेलिना राई र लक्ष्मी मल्लले गाएका छन् । यस फिल्ममा कोरियोग्राफर मिङ्मा लेप्चाले गरेका छन् ।

आरआर फिल्म्स वितरक रहेको यो फिल्म आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

सम्बन्धित समाचारहरू

लामो समय टिकेन जिएसी र स्टेलान्टिसको साझेदारी, वित्तिय रुपमा टाट पल्टिएको घोषणा

लामो समय टिकेन जिएसी र स्टेलान्टिसको साझेदारी, वित्तिय रुपमा टाट पल्टिएको घोषणा

काठमाडौं–विश्वका दुई ठूलो अटो निर्माता जिएसी र स्टेलान्टिसको साझेदारी...

जिपको पहिलो इलेक्ट्रिक एसयूभी, यस्ता छन् विशेषता

जिपको पहिलो इलेक्ट्रिक एसयूभी, यस्ता छन् विशेषता

जिपले नयाँ इलेक्ट्रिक एसयूभी एभेन्जर सार्वजनिक छ । कम्पनीले ल्याएको यो...

जिपको फेसलिफ्ट मोडल -याङलर लन्च, महिन्द्रा फाइभ डोर थारसँग प्रतिस्पर्धा गर्ने

जिपको फेसलिफ्ट मोडल -याङलर लन्च, महिन्द्रा फाइभ डोर थारसँग प्रतिस्पर्धा गर्ने

जिप इन्डियाले भारतमा आफ्नो लोकप्रिय अफ–रोडर एसयूभी जिप ¥याङलरको फेसलिफ्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...