नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान
काठमाडौं – नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई...
काठमाडौँ - हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन मार्फत २० लाख ७५ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले प्रति कित्ता प्रिमियमसहित ३५८.८५ रुपैयाँमा २० लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न आवेदन दिएको हो ।
उक्त साधारण शेयर निष्कासन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
आइतबार लिमिटेडका तर्फबाट अध्यक्ष शेखर गोल्छा तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरू पूरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडि बढाइने लिमिटेडका अध्यक्ष गोल्छाले जानकारी गराए । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गैर–बैंकिङ वित्तीय कम्पनी हो ।
उद्योगपति शेखर गोल्छा अध्यक्ष रहेको हुलास फिनसर्भ हायर पर्चेज कम्पनीले सन् २०१२ मा राष्ट्र बैंकबाट गैर बैंकिङ कम्पनीको इजाजतपत्र लिएर सेवा सुचारु गरेको थियो । कम्पनीले सवारी साधन लगायत घरायसी उपकरण, विद्युतीय उपकरण, कम्प्युटर, ल्यापटप, मोबाइल फोन लगायतका सामानहरुमा सहज र सुलभ फाइनान्सको सुविधा दिदै आएको छ ।
काठमाडौं – नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई...
नाडाले प्रतितपत्र(एलसी) मार्जिनमा व्याज प्रदान गर्न तथा कर्जाको व्याज...
बैंक तथा बित्तिय संस्थामा लगानी योग्य पूजीँको अभाव र राष्ट्र बैंकले हायर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...