नेपालमा कियाको सबैभन्दा सस्तो र महंगो कार कुन ? यस्तो छ सबै मोडलको मूल्य

काठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले नेपाली बजारमा हाल दुई मोडलका इलेक्ट्रिक कार ईभी६ र ईभी९ का साथै पेट्रोलियम पदार्थबाट चल्ने दुई गाडी सोनेट र सेल्टोस बिक्री–वितरण गरिरहेको छ ।

७७.४ किलोवाट आवरको ब्याट्री प्याक भएको किया ईभी६ को मूल्य १ करोड २५ लाख रहेको छ भने ७६.१ किलोवाट आवरको ब्याट्री प्याक भएको ईभी९ को मूल्य १ करोड ७९ लाख ९० हजार रुपैयाँ रहेको छ । प्रिमियम ईभी किन्न चाहने ग्राहकलाई लक्षित गरिएका यी दुई मोडलका ईभी दक्षिण कोरियामा उत्पादन हुन्छन् ।

किया सोनेट र सेल्टोस भने भारतमै उत्पादन हुने गरेका छन् । किया सोनेट विभिन्न ५ भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य ४२ लाख ९० हजार देखि ६३ लाख ९० हजार रुपैयाँ सम्म छ ।

त्यसैगरी किया सेल्टोस विभिन्न ९ भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य ५२ लाख ९० हजार देखि ८१ लाख ९० हजार रुपैयाँ सम्म छ ।

कियाका गाडीहरु डिजेल इन्जिन र पेट्रोल इन्जिन दुवैबाट चल्ने छन् । त्यसैगरी किया सोनेटको माथिल्लो भेरिएन्ट एचटीएक्स एटीमा इलेक्ट्रिक सनरुफ र प्याडल सिफ्टर लगायतका विशेषता छन् ।

किया सोनेटमा एलईडी हेडलाइटका साथ एलईडी डीआरएल छ, जुन साइड इन्डिकेटरसँग इन्टिग्रेटेड छ । एलईडी हेडलाइटलाई कियाले क्राउज ज्वेल भन्ने गरेको छ । यसमा टर्बो आकारको फ्रन्ट सिक्ड प्लेट समेत छ ।

सो कम्प्याक्ट एसयूभीमा १०.२५ इन्चको टचस्क्रिन इनफोटेनमेन्ट सिस्टम उपलब्ध छ । त्यसैगरी यसमा बोसको ७ स्पिकर सिस्टम, इलेक्ट्रिक सनरुफ, फ्रन्ट भेन्टिलेटेड सिट छन् । सो कारलाई स्मार्टवाचसँग कनेक्ट गर्न पनि सकिन्छ । यसको ड्यासबोर्ड धेरै हद सम्म किया सेल्टोस जस्तै छ, जसमा युभिओ कनेक्टिभिटीको विकल्प उपलब्ध हुनेछ ।

यसमा ६ एयरब्याग, ईबीडीका साथ एबीएस, फ्रन्ट र रियर पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ सेन्सर, अटो हेडलाइट, ब्रेक असिष्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता आधुनिक फिचर उपलब्ध छन् ।

सेल्टोसमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, हिल स्टार्ट असिस्ट कन्ट्रोल, नर्मल, इको र स्पोर्ट ड्राइभिङ मोड जस्ता विशेषता रहेका छन् ।

यस एसयूभीमा १७ इन्च अलोय व्हिल, स्टाइलिस एलईडी टेललाइट, सार्प एलईडी हेडलाइट, एलईडी फगल्याम्प रहेको छ ।

सम्बन्धित समाचारहरू

परिक्षणका क्रममा देखियो कियाको नयाँ सोरेन्टो, चाँडै लन्च हुने अपेक्षा

परिक्षणका क्रममा देखियो कियाको नयाँ सोरेन्टो, चाँडै लन्च हुने अपेक्षा

कियाले आगामी दिनमा ४.३ मिटरभन्दा ठुलो एसयूभी ल्याउने तयारी गरेको छ। हालै...

भ्वाइस कमान्ड र इलेक्ट्रिक सनरुफ फिचर सहित आयो किया सोनेटको स्पेसल एडिसन ‘आरोस’

भ्वाइस कमान्ड र इलेक्ट्रिक सनरुफ फिचर सहित आयो किया सोनेटको स्पेसल एडिसन ‘आरोस’

कियाले सब फोर मिटर एसयूभी सोनेटको स्पेसल भर्सन ‘आरोस’ लन्च गरेको छ ।...

कियाले सार्वजनिक ग-यो नयाँ एसयूभी क्यारेन्सको डिजाइन स्केच, डिसेम्बर १६ मा वर्ल्ड प्रिमियर हुने

कियाले सार्वजनिक ग-यो नयाँ एसयूभी क्यारेन्सको डिजाइन स्केच, डिसेम्बर १६ मा वर्ल्ड प्रिमियर हुने

किया इन्डियाले कम्पनीको बहुप्रतीक्षित मोडल किया क्यारेन्सको स्केच जारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...