वागनआर अब इलेक्ट्रिक भर्सनमा, २०० किमी रेन्ज, १ घण्टामै ८० प्रतिशत चार्ज
मारुती सुजुकीले आफ्नो सबैभन्दा धेरै बिक्री हुने कार वागनआरलाई इलेक्ट्रिक...
रोयल इन्फिल्डले इलेक्ट्रिक सवारी क्षेत्रमा प्रवेश गर्ने तयारी गरेको छ। कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल ‘फ्लाइङ फ्ली सी६’ लन्च गर्ने योजना बनाएको छ । पछिल्लो समय सो मोटरसाइकल सडक परीक्षणका क्रममा पटक पटक देखिएकाले लन्च हुने अन्तिम तयारीमा पुगेको अनुमान गर्न सकिन्छ।
फ्लाइङ फ्ली सी६ लाई साधारण इलेक्ट्रिक बाइकभन्दा फरक बनाउने मुख्य पक्ष यसको एड्भान्स इलेक्ट्रोनिक सिस्टम हो । सो मोटरसाइकल क्वालकम र एनएक्सपी सेमीकन्डक्टरका शक्तिशाली प्रोसेसरद्वारा सञ्चालन हुनेछ । सो प्रविधिले सवारीलाई थप सुरक्षित, सन्तुलित र सहज बनाउने विश्वास गरिएको छ।
डिजाइनका हिसाबले सो मोटरसाइकलले सन् १९४० को दशकको रेट्रो शैली झल्काउँछ । यसमा परम्परागत टेलिस्कोपिक सस्पेन्सनको सट्टा आल्मुनियमबाट बनेको गर्डर प्रकारको ह्यान्डल एसेम्बली प्रयोग गरिएको छ । बाइकलाई हलुका र बलियो बनाउन म्याग्नेसियम र आल्मुनियम प्रयोग गरिएको छ। ब्याट्रीलाई विशेष म्याग्नेसियम केसिङमा राखिएको छ, जसले मजबुती र तौल सन्तुलन दुवै सुनिश्चित गर्छ।
फिचरका रुपमा यसमा गोलो आकारको डिजिटल मिटर जडान गरिएको छ, जसले पुराना दिनको अनुभूति दिलाए पनि आधुनिक सुविधा प्रदान गर्छ। यस डिजिटल प्यानलमार्फत नेभिगेसन, फोन कनेक्टिभिटी र सफ्टवेयर अपडेट जस्ता सुविधा उपयोग गर्न सकिन्छ। प्रयोगकर्ताले आफ्नो मोबाइल फोनबाट बाइकको अवस्था निगरानी गर्न तथा टाढाबाट केही कार्य कन्ट्रोल गर्न सक्ने व्यवस्था पनि राखिएको छ।
सो मोटरसाइकल रोयल इन्फिल्डको नयाँ ‘एल प्लेटफर्म’ मा आधारित छ । कम्पनीले फ्लाइङ फ्ली एस६ को एक पटक फुल चार्जमा कति दूरी पार गर्न सकिन्छ भन्ने विवरण अझै सार्वजनिक गरेको छैन, तर यो दैनिक शहरी प्रयोगका लागि उपयुक्त हुने अपेक्षा गरिएको छ।
मारुती सुजुकीले आफ्नो सबैभन्दा धेरै बिक्री हुने कार वागनआरलाई इलेक्ट्रिक...
इलेक्ट्रिक भेइकल कम्पनी टेस्लाको साइबरट्रक परीक्षणको क्रममा देखिएको छ ।...
काठमाडौं – नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...