जिली र जुनयाओ ईभीको मूल्य सार्बजनिक, प्रोटोन ईमास७ कै मूल्यमा ग्यालेक्सी ई५ किन्न पाइने
काठमाडौं–एलआरआर मोटर्सले नेपाल ल्याउन लागेको दुई नयाँ ईभी ब्रान्डको...
काठमाडौं– सिप्रदी र यात्री मिलेर नेपालमै उत्पादन गरेको विद्युतीय स्कुटर हाल नेपालका विभिन्न सडकहरुमा परिक्षण भइरेको छ । पी२ नामले लन्च हुने तयारीमा रहेको उक्त नयाँ विद्युतीय स्कुटरको ७ हजार किलोमटिर परीक्षण भएको कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्नो फेसबुक पेजमार्फत उक्त स्कुटरको देशभरका विभिन्न सडक खण्डामा परिक्षण भइरेको जानकारी दिएको हो । स्कुटरलाई नेपालका विभिन्न कठिन भूभागहरु वालिङ, राम्दीघाट, भरतपुर, काठमाडौं, नुवाकोट, कुरी, हेटौँडा, जिरी, फापरबारी, मुलकोट र कटारीसम्मका सडकहरुमा गुडाएर परीक्षण गरिएको छ ।
तराईको समथर सडकदेखि मध्यपहाडी र अफरोड सेगमेन्टमा समेत यसको क्षमता जाँचिएको यात्रीले जनाएको छ । कम्पनीले यो स्कुटरलाई दैनिक ४ सय किलोमिटरभन्दा धेरै गुडाएर यसको टिकाउपन परीक्षण गरिरहेको छ ।
यात्री मोटरसाइकलले सिप्रदीसँगको सहकार्यमा स्कुटर प्रोजेक्ट अघि बढाएको थियो । त्यसअघि यात्रीले दुई मोटरसाइकल नेपालमै डिजाइन तथा उत्पादन गरेर बिक्रीमा ल्याइसकेको छ । सो नयाँ स्कुटरलाई कम्पनीले नेपाली नयाँ वर्षमा औपचारिक लन्च गर्ने योजना बनाएको छ ।
काठमाडौं–एलआरआर मोटर्सले नेपाल ल्याउन लागेको दुई नयाँ ईभी ब्रान्डको...
यामाहाले आफ्नो नयाँ इलेक्ट्रिक स्पोर्ट्स बाइक चाँडै लन्च गर्ने अनुमान...
काठमाडौं – नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...