विद्युतीय माइक्रो बसमार्फत उपत्यकाबाहिर महानगर यातायातको सेवा विस्तार

काठमाडौं–महानगर यातायात प्रालिले आफ्नो सेवा काठमाडौं उपत्यकाबाहिर विस्तार गरेको छ । कम्पनीले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरा, चितवन जिल्ला र भैरहवामा २० वटा विद्युतीय माइक्रो बस (ईभी)मार्फत सेवा सुरू गरिएको जानकारी दिएको हो ।

कम्पनीका अध्यक्ष सन्तोष खतिवडाका अनुसार काठमाडौंलाई अन्य प्रमुख शहरसँग सहज रुपमा जोड्ने गरी ठूला विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । त्यसैगरी, निकट भविष्यमा कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने योजना रहेको समेत उनले उल्लेख गरे ।

दश वर्षदेखि काठमाडौंमा सेवा दिँदै आएको कम्पनीले यसअघि १०१ वटा बसमार्फत सेवा सञ्चालन गर्दै आएको थियो। कम्पनीका बसहरू काठमाडौंको चक्रपथ क्षेत्रमा तथा थानकोटदेखि धुलिखेलसम्म सञ्चालन हुँदै आएका छन् ।

सम्बन्धित समाचारहरू

डीपलको नयाँ अफरोडर सार्वजनिक, चीन–नेपाल सिमानाको सडकबाट राखियो नाम

डीपलको नयाँ अफरोडर सार्वजनिक, चीन–नेपाल सिमानाको सडकबाट राखियो नाम

चिनियाँ ब्रान्ड डीपलको नयाँ अफरोडर जी३१८ सार्वजनिक भएको छ । डीपलको यो...

मुलकोटमा दीगोको चार्जिङ स्टेसन उद्घाटन, राजमार्गमा चल्ने विद्युतीय सवारीलाई सेवा दिने

मुलकोटमा दीगोको चार्जिङ स्टेसन उद्घाटन, राजमार्गमा चल्ने विद्युतीय सवारीलाई सेवा दिने

काठमाडौं – दीगो ग्रुप अफ कम्पनीजले सिन्धुलीको सुनकोसी गाउँपालिकाको...

ओलाले एक वर्षमै बिक्री गर्यो २ लाख ५० हजार बढी स्कुटर

ओलाले एक वर्षमै बिक्री गर्यो २ लाख ५० हजार बढी स्कुटर

भारतको प्रख्यात इलेक्ट्रिक टु–ह्विलर निर्माता ओलाले बिक्रीमा नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...